केरा खाँदा फाइदै फाइदा
फलफूल खाँदा शरीरलाई उर्जा प्राप्त हुन्छ। केराको सेवनले पनि धेरै फाइदा हुन्छ। केरामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, लौहतत्व पर्याप्त मात्रामा पाइन्छ।
रगतलाई शुद्ध गर्नमा पनि केराले फाइदा पुर्याउँछ। शरीरमा रगतको निर्माणमा पनि सहयोग गर्छ। कब्जियतको समस्या छ भने पनि केरा सेवनबाट फाइदा पुग्छ। केराको सर्बत खाँदा पनि शरीरलाई फाइदा पुग्छ।
वजन बृद्धिका लागि पनि केरा सेवन गर्दा लाभ पुग्छ। दुध र केराको सेवनले वजन वृद्धि हुन्छ। दिमागी क्षमता बढाउनको लागि पनि पौष्टिक आहारको रूपमा केरालाई लिइन्छ।
प्रतिक्रिया दिनुहोस !
३