दिमाग बढाउन बदाम
भिजेको बदाम खाँदा यसले पाचन प्रणालीलाई सन्तुलित बनाउँछ। बदामको अन्य धेरै फाइदाहरू यस प्रकार रहेका छन्।
यसमा प्रसस्तै मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ। जसले बढ्दो उमेरका बालबालिकालाई पनि फाइदा पुर्याउँछ र विभिन्न रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
भिजेको बदामले राम्रो कोलेस्ट्रोललाई बढाउँछ भने नराम्रो कोलेस्ट्रोललाई घटाउँछ।
यसमा धेरै मात्रामा फोलिक एसिड पनि हुने भएकाले दिमागको विकासमा पनि मदत गर्छ।
बदाममा फस्फोरसको मात्रा बढी हुने भएकाले बालबालिकाको हाडलाई बलियो बनाउने काम गर्छ। त्यसैगरि दाँत सड्ने र गल्ने समस्याबाट पनि राहत पाउन सकिन्छ।
बदाममा राइबोफ्लेभिन, म्यागनिज, कपरलगायतका तत्व पनि पाइने हुनाले यसले शरिरलाई शक्ति प्रदान गर्ने काम गर्छ।
बदाममा प्रसस्त मात्रामा फाइबर पनि हुने भएकाले यसले आन्द्राबाट खानेकुरालाई पास हुनका लागि सहयोग गरि आन्द्राको क्यान्सरबाट पनि जोगाउँछ।
कब्जियतका रोगीलाई पनि बदाम खाँदा धेरै राहत मिल्छ।