आहा! रारा गोल्डकप : एपीएफलाई स्तब्ध पार्दै झापा ११ विजयी

आहा! रारा गोल्डकप : एपीएफलाई स्तब्ध पार्दै झापा ११ विजयी

पोखरा : पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा झापा ११ सशस्त्रप्रहरीको एपीएफ क्लबलाई स्तब्ध पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाका युवा खेलाडीले ए डिभिजनको विभागीय टिम एपीएफलाई स्तब्ध पारेको हो। 

खेलको निर्धारित समयमा दुबै टोलीबाट कुनै पनि गोल भएन। अतिरिक्त समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा झापाका हेमन्त थापा मगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले गोल गरे। एपीएफका नवीन लामा, राजिव लोप्चन र राजु नगरकोटीले गोल गरे भने सुदिप शिख्राकारको प्रहार झापाका किपर राजकुमार लिम्बुले बचाएपछि झापा विजयी बन्यो। 

खेलका म्यानअफ दि म्याच झापाका किपर लिम्बुले खेलको ५३ औं मिनेटमा एपीएफका नवीन लामाले हानेको पेनाल्टी बल पनि उत्कृष्ट बचाउ गरेका थिए। लिम्बुले नै पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई फउल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो। 

खेल अविधिमा एपीएफका खेलाडी हावी भएको थियो। पटक-पटकको एपीएफको प्रयास झापाका किपर लिम्बुले विफल बनाएका थिए। खेलको ७४ औं मिनेटमा एपीएफका प्रविण स्याङताङले हानेको बल झापाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। अतिरिक्त समयको तीन मिनेटमा प्रविणकै प्रहार किपरले बचाउ गरेका थिए। 

खेलपछि प्रतिक्रिया दिँदै एपीएफका कोच राजेन्द्र तामाङले आफ्ना उत्कृष्ट खेलाडी लीगका हाइस्कोरर आशीष लामा नहुँदा खेलमा प्रभाव परेको बताए। ए डिभिजनको क्लबका खेलाडीले युवा खेलाडीसँगको खेलमा जसरी खेल खेल्नु पर्थ्यो त्यसरी नहुँदा हार बेहोर्नु परेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.