होलीमय बुटवलको ट्राफिकचोक
रुपन्देही : तराई क्षेत्रमा मंगलबार होली मनाइएको छ । प्राय होलीको दिन बुटवलको ट्राफिकचोकमा अध्याधिक भीड हुने गर्दथ्यो । त्यहाँ हुने सांगीतिक कार्यक्रम हेर्न मानिसहरु ठूलो संख्यामा जम्मा हुने गर्दथे ।
जसका कारण सवारी साधन ओहोर-दोहोर गर्न पनि समस्या हुन्थ्यो । तर अहिले ट्राफिकचोकमा कुनै सांगीतिक कार्यक्रम राखिएको थिएन । तर पनि होलीको रौनकले कोरोनाको त्रासलाई भूलाएको जस्तो देखिन्थ्यो । सांगीतिक कार्यक्रम नहुँदा होली खेल्नेको जमात छरिएर रहेको थियो । सडकका पेटीहरूमा रंग दलेकाको ताँती थियो । होलीमा रम्ने आकाशेपुलमा पनि उत्तिकै थिए ।