हेलिप्याडसहितको यस्तो बन्दैछ भैरहवा भीम अस्पताल

हेलिप्याडसहितको यस्तो बन्दैछ भैरहवा भीम अस्पताल

भैरहवा : सन् १९९० सालमा तीन शैयाबाट संचालनमा आएको रुपन्देहीकै जेठो भीम अस्पतालको मुहार फेरिने भएको छ । हेलिप्याडको सुविधासहित विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ।

भीम अस्पताल भैरहवाले अस्पतालको नयाँ गुरुयोजना तयार गरेको छ । नयाँ गुरुयोजनाको डिपिआर प्रदेश ५ सरकारले स्वीकृत गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराललाई गुरुयोजना हस्तान्तरण गर्दै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले अब अस्पतालको मुहार फेरिने बताए ।

गुरुयोजना अनुसार हेलिप्याडसहित अस्पतालको मुख्य भवनमा एक सय बेड रहनेछन् । मुख्य भवन तीन तलाको हुनेछ । त्यस्तै २५ शैयाको छुट्टै प्रसूति गृह पनि निर्माण गरिनेछ । गुरुयोजनाअनुसार संरचना बनाउन ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

यस्तै, आकस्मिक कक्ष, बच्चाको लागि एनआईसीयू, पेड्रियाट्रीक वार्ड, सर्जरी वार्ड, मेडिकल वार्डलगायतका संरचना रहनेछन् । अस्पतालको बाहिरपट्टी ल्याण्डस्केपमा पार्किङका साथै छुट्टै ग्रिनरी पार्क निर्माण समेत निर्माण हुने अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

उनक अनुसार अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अस्पताल विकास समितिले अत्याधुनिक भवनको डिजाइनसहितको गुरुयोजना बनाएको हो ।

गुरुयोजनाअनुसार अब एक महिनाभित्रै डिपिआर तयार गरिने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. दर्नालले बताए । 'गुरुयोजनाअनुसार संरचना बनेपछि यो अत्याधुनिक र नमूना अस्पताल बन्नेछ,' उनले भने, 'बिरामीले यहीबाट विशेषज्ञ सेवा सहितको उपचार पाउनेछन ।'

उनले भवन निर्माणको लागि सम्भवत अगामी महिनामा टेण्डर आह्वान गरिने बताए । डिपिआर तयार भएपछि प्रदेश सरकारले यसै आर्थिक वर्षमा टेण्डर आह्वान गर्नेछ । निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बजेटको प्रबन्ध गर्नेछ ।

प्रदेश सरकारले केही दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालको प्रारम्भिक गुरुयोजना सार्वजनिक गरेको थियो । प्रदेश सरकारले विभिन्न जिल्लाका सरकारी अस्पतालको गुरुयोजना बनाएर स्तरवृद्धि गर्ने काम अगाडि बढाएको छ ।

१९९० सालमा तीन शैयाबाट संचालनमा आएको भीम अस्पताल २०३५ सालमा १५, २०४१ मा २५ शैयाको स्वीकृती पाएको थियो । एक सय शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरे पनि हाल २५ शैयाको स्वीकृत प्राप्तको बाबजुद सोही दरबन्दी अनुसार ६० बेडमा सञ्चालित छ ।

भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा, प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिंदै आएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.