कोरोना भाइरस : बेड तयार, किट अभाव

कोरोना भाइरस : बेड तयार, किट अभाव

भैरहवा : विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गरिसके पनि यहाँ उपचारको तयारी फितलो छ । यहाँ बिरामीका लागि आइसोलेसन वार्ड तयार पारिएको छ । तर, उपचारका लागि आवश्यक किटको भने चरम अभाव छ । त्यसको व्यवस्था हालसम्म पनि गरिएको छैन । क्वारेनटाइन स्थापनका लागि पनि कुनै सुरसार छैन ।

'हाल संक्रमित फेला परेका छैनन्, स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्मा भने, 'अस्पताललाई आइसोलेसन वार्ड तयार गर्न लगाएका छौँ , कोही संक्रमित फेला परिहालेमा आइसोलेसनमा राखि उपचार हुनेछ।'

उनका अनुसार युनिभर्सल मेडिकल कलेजमा २० बेड, भीम अस्पतालमा दुई, लुम्बिनी प्रादेशिक अस्पतालमा दुई, देवदह मेडिकल कलेजमा चार, क्रिमसन अस्पतालमा एउटा, आम्दा तीनलगायत अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

तर, यी आइसोलेसन वार्डको बेडमा कोही संक्रमित उपचारका लागि आइहालेमा चित्किसहरु पूर्ण जोखिममा छन् । आइसोलेसन वार्ड तयारी पारिए पनि उपचारका लागि आवश्यक उपचार किट नरहेको भैरहवा भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

अस्पतालमा उपचार किट नहुँदा स्वास्थ्यकर्मी पूर्ण जोखिममा रहेको उनले बताए । हालसम्म रुघा, खोकीका बिरामीलाई सामान्य औषधिबाट उपचार गरिँदैछ । केही बिरामी निको भएर घर समेत फर्किएका छन् ।

'उपचार किट नभए पनि हामी जिम्मेवारीबाट पन्छिन मिल्दैन,' उनले अन्नपूर्ण पोस्ट्सँग भने, 'संक्रमित आइहालेमा ज्यान जोखिममा हालेर भएपनि उपचार गर्नुपर्छ ।'

यस्तै २० शैय्याको आइसोलेसन बार्ड बनाएको युनिभर्सल मेडिकल कलेजमा पनि उपचार किट छैन । आइसोलेसन वार्ड तयार पारिएपनि उपचार किटको अभावमा बिरामीको उपचारमा समस्या पर्ने युनिभर्सल मेडिकल कलेजका प्रशासकिय अधिकृत तेजकुमार केसीले बताए ।

कोरोना उपचारको किटमा विशेष पोशाक, चश्मा, पन्जा, मास्कलगायत आवश्यक साम्रगी हुन्छन् । जुन अस्पतालमा अभाव छन् । उपचार किटको अभावमा स्वास्थ्यकर्मी संक्रमित नजिक जाँदा उनीहरुमा पनि संक्रमण सर्न सक्ने जोखिम रहन्छ ।

हालसम्म यहाँ कोरोना संक्रमित फेला नपरेकोले सर्वसाधरणहरुले पनि लापरवाही गरिरहेका छन् । सम्बिन्धत स्थानीय तह, स्वास्थ्य कार्यालय, प्रशासनलगायतले पनि गम्भीर रुपमा नलिएको पाइएको छ । 

रुपन्देहीको सीमानासँग जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनउमा समेत कोरोना संक्रमित फेला परेको र भारतसँग खुल्ला सीमाका कारण नेपाल जोखिममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.