आहा-रारा गोल्डकप : मनाङ र पुलिसबीच भिडन्त

आहा-रारा गोल्डकप : मनाङ र पुलिसबीच भिडन्त

पोखरा : आहा—रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। १८औं संस्करणको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच पोखरा रंगशालामा भिडन्त हुनेछ। पुलिस र मनाङ दुवै पाँच/पाँच पटकका उपाधि विजेता हुन्। प्रतियोगितामा पुलिस क्लबले क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ५–३ गोलले र सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

मनाङले भने क्वार्टरफाइनलमा झापा—११ लाई १–० र सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गरेको थियो। पुलिस क्लबले सहारा क्लबको आयोजनामा भएको क्याराभान गोल्डकप एक र आहा—रारा गोल्डकप पाँच पटक जितेको छ। त्यसैले पुलिस क्लब यसपटक पनि च्याम्पियन बन्दै आहा—रारा गोल्डकपको इतिहासमा ६ पटकको विजेता बन्दै सर्वाधिक उपाधि जित्ने टोलीको कीर्तिमान बनाउन दाउमा देखिन्छ।

युवा खेलाडीले भरिएको आफ्नो टोलीले ९० मिनेटभित्रै जितका लागि आवश्यक गोल गरेर इतिहास रच्ने दाबी पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले गरे। ‘ए’ डिभिजन लिगको भेटमा मनाङसँग २–० गोलको हार र बुढासुब्बा गोल्डकपमा ३–१ गोलको हारलाई बिर्साउने गरी आफ्ना खेलाडी आहा—रारा गोल्डकपको फाइनलमा ओर्लने दाबी पनि उनले गरे।

‘यो अवसरलाई हामी गुमाउन चाहँदैनौं। हामीले गतिलो तयारी पनि गरेका छौं। मनाङ मस्र्याङ्दी पनि नेपाली फुटबलमा निकै राम्रो टोली हो। त्यसैले हामी प्रतिद्वन्द्वीलाई कमजोर आँक्ने भुल गर्दैनौं। दुवै टोलीले उपाधि जित्ने सम्भावना उत्तिकै छ’, पुलिस क्लबका प्रशिक्षक थापा भन्छन्। पुलिस क्लबका कप्तान भरत साहले युवा टोली उच्च मनोबलका साथ मैदानमा ओर्लने बताए।

यसैगरी मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले नेपाल पुलिस क्लब नेपालको राम्रो टिम भएकाले उसको रणनीतिअनुसार नै आफ्ना खेलाडीलाई मैदानमा उतार्ने बताए। आफ्ना युवा खेलाडीले पछिल्ला खेलहरूमा निकै राम्रो प्रदर्शन गर्दै आएकाले उपाधि आफ्नै पोल्टामा पर्ने दाबी पनि उनले गरे। ‘पुलिस क्लबविरुद्घ हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं। उपाधि जित्नेमा म विश्वस्त छु’, उनले भने। मनाङका कप्तान कमल श्रेष्ठले त्रिभुवन आर्मी क्लब जस्तो राम्रो टिमलाई सेमिफाइनलमा हराएर आएकाले मनोबल बढेको र सोहीअनुसार फाइनलमा पनि प्रदर्शनी गर्ने प्रतिक्रिया दिए।

सहारा क्लबको आयोजनामा भएको प्रतियोगितामा पुलिस क्लब र मनाङ फाइनलमा तीन पटक आमनेसामने भएका छन्। तीन पटकको भेटमध्ये एक पटक (क्याराभान गोल्डकप २०५८ सालमा) पुलिस क्लबले मनाङलाई २–१ गोलले हराउँदै उपाधि जितको थियो। मनाङले भने आहा—रारा गोल्ड कपको दोस्रो संस्करणको फाइनलमा पुलिस क्लबलाई ३– १ र तेस्रो संस्करणको फाइनलमा ३–२ गोलले हराएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.