कोरनाबाट जोगिन सचेतनामूलक घरदैलो कार्यक्रम

कोरनाबाट जोगिन सचेतनामूलक घरदैलो कार्यक्रम

बेनी : कोरना (कोभिड १९)बाट जोगिन सावधानी अपनाउन अनुरोध गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीले शनिबार बेनीमा सन्देशमुलक पर्चा वितरण गरेर घरदैलो गरेको छ । 

कोरोको कारण, लक्षण र बच्ने उपाय समावेश गरिएको पर्चा बाडेर 'पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार' अभियान सुरु गरेको हो । 

नेकपाका नेता कार्यकर्ताले तीन समूहमा विभाजन भएर बेनी बजारमा पर्चा वितरण र घरदैलो गरेका थिए । 

मंगलाघाट, न्युरोड हुँदै कालीपुल र बालमन्दिरचोक हुँदै गणेशटोल क्षेत्रमा फरक-फरक समूहमा पर्चा वितरण गरिएको थियो । झण्डा बोकेका नेता कार्यकर्ताले घरघरमा पुगेर कोरोनाबाट जोगिन सावधानी अपनाउन अनुरोध गर्दै पर्चा वितरण गरेका थिए । 

बेनीमा सरसफाई कार्यक्रम गरेर अभियान सुरु गर्ने पुर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरिएको नेकपाका जिल्ला संयोजक गोविन्द पौडेलले बताए । 

छिमेकी मित्रराष्ट्र चिनको उहान प्रान्तबाट सुरु भएर विश्वका ८० भन्दा बढी देशमा महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट तीन हजार पाँच सयभन्दा बढीको ज्यान गइसकेको छ । 

नेपालमा अहिलेसम्म नभित्रिए पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेपछि देशभर सतर्कता अपनाइएको छ । 

कोरोनाको त्रासका कारण अभियानका क्रममा धेरै मानिसको भिड, जमघट हुने कार्यक्रम नगरिने नेकपा म्याग्दीले जनाएको छ । थोरै संख्यामा घरदैलो, भेटघाट, बैठक, छलफल गरेर सावधानी अपनाएर कार्यक्रम गर्न मातहतका कमिटीलाई आग्रह गरेको छ ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.