घर फर्कन लागेका विद्यार्थीलाई पालिकाको सहयोग

घर फर्कन लागेका विद्यार्थीलाई पालिकाको सहयोग

बेनी : माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घर फर्कन लागेका विद्यार्थीलाई म्याग्दीका तीन स्थानीय तहले राहतका लागि सहयोग गरेका छन् । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले परीक्षा केन्द्रमा डेरा खोजेर बसेका विद्यार्थीको खाना र खाजाको खर्च व्यहोरेको हो।

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा बुधबार साँझ स्थगित गरेको थियो । धवलागिरी गाउँपालिकाले विद्यार्थीको खाजा-खाना खर्चका लागि ९ वटा विद्यालयलाई दश÷दश हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष थमसरा पुनले बताइन् ।

घरबाटै परीक्षामा सामेल हुने ताकम माविबाहेक विद्यालयका विद्यार्थीले यो सुविधा पाएका छन् ।  विकट गुर्जाको जनकल्याण माविका विद्यार्थी जंगल र भीरको बाटोमा हिउँ छिचोलेर पुरै दिन हिडेर हेम मावि शिवाङ परीक्षा केन्द्रमा आएका थिए । उनीहरुलाई एक दिन विश्राम गर्न र बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च पालिकाले ब्यहोर्ने अध्यक्ष पुनले बताइन् । 

अन्नपूर्ण गाउँपालिकाले प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । मुक्तीमार्ग मावि घार परीक्षा केन्द्रमा ११८ र बेनीको परीक्षा केन्द्रका ५० जना विद्यार्थी छन् । सम्बन्धित विद्यालय मार्फत खाना खर्च वापतप्रति विद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिए । 
 
रघुगंगा गाउँपालिकाले दुरिका हिराबले दुई भागमा बाडेर प्रतिविद्यार्थी एक हजार र एक हजार पाँच सयका दरले सहयोग गर्ने अध्यक्ष भवबहादुर भण्डारीले बताए । रितंगु मावि कुइनेमंगले, अमर मावि पाखापानी, अमर मावि चिमखोला, र महेन्द्र मावि झिँकालाई एक हजार पाँच सय दिने भएको छ । 

रघुगंगा मावि पिप्ले, ज्ञानोदय मावि मौवाफाँट, जनता मावि दग्नाम र महादेव मावि बेगका विद्यार्थीलाई एक हजार दिने उनले बताए । उनीहरुका लागि मुक्तिधाम मावि भगवतिमा केन्द्र तोकिएको छ । मुक्तिधाम माविका विद्यार्थी एसईई परीक्षामा सहभागी हुन बेनी आएका थिए ।

कक्षा १० सम्मको पढाइ हुने विद्यालयको वार्षिक परीक्षा सकिएको र क्याम्पस बिदा भएपछि विद्यार्थी गाउँ फर्कन थालेका छन् । बालबच्चा पढाउनका लागि सदरमुकाम झरेका पनि गाउँ फर्कने क्रम बढेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.