कोरोना प्रभाव : फेवातालमा डुंगा बन्द

कोरोना प्रभाव : फेवातालमा डुंगा बन्द

पोखरा : कोरोना भाइरसका कारण पोखराको प्रसिद्ध फेवातालमा आइतवारदेखि डुंगा चल्न छाडेका छन् । फेवा डुंगा ब्यवसायी समितिको आइतबार बिहान बसेको बैठकले कोरोना भाइरसको जोखिमलाई हेरेर फेवातालमा डुंगा चलाउन रोक्ने निर्णय गरेको हो ।  

कोरोना भाइरसको सक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले २५ जना भन्दा धेरै भेला नहुन र सतकर्ता अपनाउन अनुरोध गरिरहेको अवस्थामा समितिको बैठकले आइतवारदेखि डुंगा सञ्चालन नगर्ने निर्णय गरेको फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । कोरोनाको प्रभाव र अवस्था हेरेर पछि डुंगा सञ्चालन गर्ने गरी अनिश्चिकालका लागि डुंगा सञ्चालनमा रोक लगाइएको उनले बताए । 

फेवातालको ८ डुंगा घाटमा कुल ७ सय डुंगा रहेको समितिका सहसचिव रुद्ध भुजेलले जानकारी दिए । सबैभन्दा धेरै फेवातालको बिचमा रहेको तालबाराही मन्दिर जाने बाराही घाटमा ३ सय ५६ डुंगा छन् ।  शनिबार भारतीय र आन्तरिक पर्यटक डुंगा सयर गर्न धेरै आएकोले पनि कोरोना जोखिम हुन सक्ने भएकोले यो निर्णयमा पुगेएको भुजेलले सुनाए । 

ब्यवसाय नै ठुलो कुरो होइन । ज्यान रहे ब्यवसाय त हुँदै गर्ने भएकोले विश्वभर फैलिएको कोरोनाबाट पहिले ज्यान जोगाउनु पर्ने अवस्था आएकोले यस्तो निर्णय गर्नु परेको समितिका अध्यक्ष नेपालीले बताए । यसरी फेवातालमा डुंगा नै चलाउन रोक्नु पर्ने अवस्था पहिलोपटक आएको पनि उनले बताए । 

फेवातालमा ६ सय जनाले दैनिक डुंगा चलाएर जीवन निवार्हा गर्ने गरेको अध्यक्ष नेपालीले बताए । सिजनमा बाराही घाटका सबै ३ सय ५६ डुंगाले पालो पाउने र अफसिजन असार साउनमा भने पर्यटक कम आउने भएकोले रोल ढिलो आउने पनि उनले जानकारी दिए । 

कोरोना भाइरसका कारण ब्यस्त रहने पोखराको लेकसाइड क्षेत्र, अन्नपूर्ण पदयात्रा क्षेत्र, प्याराग्लाइडिङ गर्ने पर्यटकले रंगीने पोखराको सराङ्कोटको आकाश सुनसान देखिएको छ । बिहानै उठ्ने बित्तिकै सूर्योदयको अवलोकन गर्न र सुनौलो हिमाल हेर्न पुग्ने सराङ्कोट पनि अहिले बिहान सुनसान हुन थालेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.