कोरोना संक्रमित युवतीसँगै आएका तनहुँका एकजना सरकारको सम्पर्कमा

कोरोना  संक्रमित युवतीसँगै आएका तनहुँका एकजना सरकारको सम्पर्कमा

दमौली : फ्रान्सबाट जहाजमाआएकी कोरोना संक्रमित युवतीसँगै आएका तनहुँका एक युवा सरकारको सम्पर्कमा पुगेका छन् । भीमाद २ घरभइ पोखरा बस्दै आएका ती व्यक्ति हाल घरमै रहेको बुझिएको छ । तनहुँका प्रहरी उपरीक्षक विनोद शिलवालले व्यक्तिको विवरणसहितको जानकारी सरकारी निकायमा पठाएको र उनी सम्पर्कमा रहेको बताए । 

विदेशबाट आएका ९८ जना 'होम क्वारेन्टाइन' मा 

दुई साताको अवधिमा भीमाद नगरपालिकामा विदेशबाट ९८ जना आएका पाइएको छ । कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि उनीहरु सबैलाई होम क्वारेन्टाइनमा राखिएको र नियमित स्वास्थ्य अवस्था जाँचिएको स्वास्थ्य अधिकारीले जनाएका छन् । 

तनहुँमा कोरोनासम्बन्धी मामिला हेर्ने स्वास्थ्य कार्यालयका अधिकारी शंकरबाबु अधिकारीले सबैजनाको तथ्यांक राखिएको र स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइएको बताए । 'उनीहरु अहिले घरमै छन्,' उनले भने, 'हामी सम्पर्कमा छौं ।'

शुक्लागण्डकीमा ७ लाई होम क्वारेन्टाइन
शुक्लागण्डकीस्थित जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा खाडी मुलुक तथा भारतहुँदै आएका सात यात्रुले सम्पर्क गरेका छन् । उनीहरुको सामान्य स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेकाले बाहिर नगइ घरमा नै बस्नका लागि अनुरोध साथ पठाइएको केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । 'अवस्था सामान्य रहेकाले घरमै रहन भनेका छौं,' उनले भने, 'नियमित सम्पर्कमा राखेका छौं ।'

व्यासमा पनि सेल्फ क्वारेन्टाइन
बंगलादेशबाट आएकी एक चिकित्सा विद्यार्थी एक कलेज भवनमा बसेकी छन् । यसैगरी विभिन्न खाडी मूलुकबाट आएका चारजनालाई घरमै बस्नका लागि अनुरोध गरिएको व्यास १ का वडाध्यक्ष खरसिं दरैले बताए । 'उनीहरुको अवस्था सामान्य छ,' उनले भने, 'घरबाहिर नजानका लागि सचेत गराएका छौं ।'

सबै पत्रपत्रिका बन्द

तनहुँका विभिन्न भागबाट निस्कने पत्रपत्रिका बन्द भएका छन् । दमौलीबाट निस्कने सातसहित जिल्लाका आठ दैनिकले प्रकाशन बन्द गरेका छन् । बजार बन्दको अवस्थामा सञ्चारकर्मीको र कर्मचारीको सुरक्षाका लागि पत्रिका बन्द गरिएको पत्रकारहरुको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.