विदेशबाट आएकाको सूचना दिनेलाई पुरस्कार

विदेशबाट आएकाको सूचना दिनेलाई पुरस्कार

बेनी : म्याग्दीको मंगला गाउँपालिकाले पछिल्लो १५ दिनयता विदेशबाट आएका व्यक्तिको बारेमा सूचना दिनेलाई नगद पुरस्कार उपलब्ध गराउने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) रोकथामका लागि विदेशबाट आएकालाई घरमै एकान्तबास राख्नका लागि अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । 

गाउँपालिका र वडा कार्यालयमार्फत विदेशबाट आएकाको सूचना दिनेलाई एक हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउन अध्यक्ष रोकाले बताएका छन् । उनका अनुसार मंगला गाउँपालिकामा हालसम्म १२ जना विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न लगाइएको छ । 

वडा र बस्ती स्तरमा कोरोनासम्बन्धी सचेतना फैलाउन माइकिङ गरिएको छ । यसैगरी मंगलाका राजपत्रअंकित तहका श्रेणीका कर्मचारीले पाँच र राजपत्र अनंकित तह, शिक्षक र श्रेणी बिहीन कर्मचारीहरुले तीन दिनको आधारभूत तलब  बराबरको रकम सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए । 

पाँचवटा वडा रहेको मंगला गाउँपालिकामा करिब एक सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । त्यस्तै डेढ सय बढी शिक्षक छन् । चार लाख रुपैयाँ भन्दा बढी सहयोग हुने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.