वीपी प्रतिष्ठान धरानमा २ सय बेडको आइसोलेसन वार्ड

वीपी प्रतिष्ठान धरानमा २ सय बेडको आइसोलेसन वार्ड

धरान  : कोभिड १९ नोबेल कोरोना भाइरस सक्रमित बिरामीको उपचार गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  २ सय बेडको आइसोलेसन कक्ष स्थापना गरिने भएको छ। कोरोना सक्रमित बिरामीको उपचारलाई मध्यनजर गर्दै प्रतिस्ठानले आइसोलेसन बेड्को बिस्तार गर्न लागेको अस्पतालका निर्देशक डाक्टर गौरीशंकर साहले जानकारी दिए।

प्रदेश 1 का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशन प्रतिस्ठानले बेड बढाउन लागेको हो । हाल २० मात्र आइसोलेसन बेड रहेको प्रतिस्ठानमा बेड थप हुने भएपछि उपचारमा सहज हुने भएको छ ।  प्रतिस्ठानको आँखा, छाला र हाड्जोर्नी वार्डमा आइसोलेसन बेड तयार गर्न लागिएको अस्पालका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले बताए । 

स्वाब परीक्षणको रिपोर्ट आएन 

वीपी प्रतिस्ठानमा भर्ना भएका १६ जना बिरामीको स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । प्रतिस्ठानको आइसोलेसन बेडमा रहेका ७ र अन्य ९ जनाको स्वाब परीक्षण गर्न राष्ट्रिय जनवास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ तर प्रयोगशालाले  रिपोर्ट दिन ढिला गरेका कारण बिरामीको अवस्थाका बारेमा बताउन समस्या भएको प्रतिस्ठानका चिकित्सकले गुनासो गरेका छ। 

सरकारले प्रतिस्ठानलाई कोरोनाको परीक्षण गर्न अनुमति दिएको भए पनि आवश्यक उपकरण अभावका कारण परीक्षण सुरु हुन सकेको छैन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.