पोखरामा असिना-पानी
पोखरा : पोखरामा बुधबार मध्यान्ह असिना पानी परेको छ । पोखराको मासवार, बैदामलगायतका क्षेत्रमा मध्यान्ह असिना-पानी परेको हो । असिना- पानीले हिउँदे बाली नोक्सान पुर्याएको छ । पोखरा महानगरपालिकामा पटकपटक परेको असिना पानीले किसानले लगाएको तरकारीबालीमा नोक्सान पुगेको छ ।
यसअघि पोखरा २२ पुम्दीभुम्दी, तेस्रोलेक, पोखरा २१ उल्लेरीलगायतका क्षेत्रमा चैतको पहिलो साता ठूलो असिना-पानी र हावाहुरीले हिउँदै बाली नोक्सान गरेको पोखरा महानगरपालिकाका कृषी तथा पशु विकास महाशाखाको प्रमुख मनहर कडरियाले जानकारी दिए ।
चैतको पहिलो साता परेको असिना पानीले थन्क्याउन ठिक्क परेको तोरी नोक्सान भएको प्रगतिशिल कृषी समूह उल्लेरी पुम्दीका अध्यक्ष प्रेम शर्मा पौडेलले बताए । साग, काउली, बन्दा, बकुल्ला, केराउ, लसुन, प्याजलगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको स्थानीय किसान गणेश बहादुर गुरुङले सुनाए ।
यसअघि पोखरा १८ तोरीपानी, खपौदी, पदेलीलगायतका क्षेत्रमा परेको असिनाले काउली, बन्दा, लसुन, प्याज लगायतका तरकारी र पाकेर छिन्ने बेलाको तारी, उवाँ लगायका अन्नबाली नोक्सान पुर्याएको थियो । यसअघि पनि पोखरा २२ पुम्दीमा २ करोड बढीको तरकारी बाली र अन्नमा असिनाले क्षती पुर्याको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए । पटकपटक परेको असिनाले ६ करोड भन्दा बढीको तरकारीबाली, तोरी लगायत क्षति पुगेको उनले सुनाए ।
चैतको पहिलो साता पोखराको पुम्दीमा परेको असिनाले नष्ट गरेको तरकारीबाली।तस्बिर : कृष्णमणि बराल
प्रतिक्रिया दिनुहोस !