बिरामी जाँच्न तर्सन्छन् चिकित्सक
झापा : झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ । कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका बिरामी देख्दा समेत तर्सिने गरेपछि सर्वसाधारण चिन्तित भएको स्थानीयवासी बताउँछन् ।
जोखिम मोलेर सेवा दिँदै गरेको बताउने औषधि व्यवसायीले मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखालालगायत बिरामी आउँदासमेत प्राथमिक उपचारका साथमा कुनै किसिमका औषधिसमेत दिन नसक्दा सामान्य समस्याका लागि पनि ठूलै स्वास्थ्य अस्पताल धाउनुपरेको स्थानीयवासी दुर्गा चापागाईंले गुनासो गरे ।
सेन्टरका सञ्चालक सुरेन्द्र प्रधानले प्रयोगशालामा काम गर्ने स्टाफ बिदामा रहेकाले हाललाई आफ्नो सेवा बन्द भएको जानकारी दिएका थिए।
विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालनमा रहेको प्रचारबाजी गर्दै आएका यस क्षेत्रका केही औषधि पसलमा दैनिक सेवामा आएका चिकित्सकले वर्तमान अवस्थामा सामान्य अवस्थाका विरामीलाई समेत नहेरेपछि स्थानीयवासी प्राथमिक उपचारबाटै वञ्चित बनेका हुन् । मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका औषधि पसलमा आउने दैनिक सेवाका चिकित्सकले बिरामी हेर्न नमानेपछि तत्कालको अवस्थामा सेवाग्राही संकटमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस !