पोखराबाट १ सय १० पर्यटक काठमाडौं पठाइयो

पोखराबाट १ सय १० पर्यटक काठमाडौं पठाइयो

पोखरा : पर्यटकीय सहर पोखरामा रहेका र घर फर्कन चाहाने पर्यटकलाई सुरक्षाकर्मी र पर्यटन व्यवसायीको विभिन्न संघ संस्थाको पहलमा पर्यटक बस र जहाजबाट काठमाडौं पठाउने कार्य भइरहेको छ।यसै क्रममा बिहीबार विभिन्न देशका १ सय १० पर्यटकलाई काठमाडौं पठाइएको छ । 

नेदरल्याण्ड, जर्मन, फ्रान्स, अमेरिका, बेलायत, मलेसिया, जापान, अष्टेलियालगायतका देशका पर्यटकलाई बिहीबार २ वटा ठूला पर्यटक बस र ३ वटा साना पर्यटकीय कोस्टर बसमा काठमाडौं पठाइएको पर्यटन प्रहरी कार्यालय पोखराका प्रमुख गणेश खनालले जानकारी दिए । 

लकडाउन भएको अवधिको बिहीबारसम्म चार्टड फ्लाइट र पर्यटक बसमा गरी विभिन्न देशका ७ सय ४० जना पर्यटकलाई पोखराबाट काठमाडौं पठाइ सकिएको उनले बताए ।  पोखरामा अझै पनि १ सय ५० देखि २ सय पर्यटक रहेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रमुख खनालले सुनाए । कति पर्यटक त पोखरामै बस्न चाही रहेका छन् । अन्नपूर्ण, धौलागिरी क्षेत्रको पदयात्रा गएर फर्केका र पोखरामै रहेका पर्यटकलाई उनिहरुकै चाहाना अनुसार घर फर्कन काठमाडौं जाने व्यवस्था मिलाइएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए । 

पर्यटन प्रहरी कार्यालय पोखरा, पोखरा पर्यटन परिषद, नाटा, नेपाल पर्यटन बोर्डलगायतको सहकार्यमा पोखरामा रहेका र पदयात्राबाट फर्केका पर्यटकलाई कोरोना भाइरसको विश्वब्यापी जोखिमपछि सरकारले दुई साता लगाएको लकडाउनको बेलामा उद्धार गरी काठमाडौं पठाइएको हो । 

विश्वव्यापी फैलिएको कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न नेपाल दश दिनदेखि लकडाउनमा छ । पदयात्रा क्षेत्रमा पर्यटकसँगै गएका पर्यटन गाइड, सहयोगी मजदुरलाई पनि पर्यटकसँगै काठमाडौं जाने व्यवस्था मिलाइएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरजिञ्जवी पोखरेलले जानकारी दिए । 

पोखरामा रहेका पर्यटकलाई काठमाडौं जानुअघि ज्वरो नाप्दै सुरक्षाकर्मी । तस्बिर : अन्‍नपूर्ण


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.