पोखराको क्वारेन्टाइनका सबै घर फर्किए

पोखराको क्वारेन्टाइनका सबै घर फर्किए

पोखरा : बाहिरबाट आएका र कोरोना आशं गरेर सरकारले क्वारेन्टाइनमा राखेका पोखराका सबै घर फर्किएका छन्। उनीहरु कसैमा पनि कोरोना नदेखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले तयार गरेको क्वारेन्टाइनमा १६ जना थिए। कास्कीको रुपा गाउँपालिकामा २१ जना थिए। कास्कीका अरु गाउँपालिकाका समेत गरी सबै घर फर्किएका हुन्।
रुपामा भने एकजनाको निधन भएको थियो। मुटुरोगी उनको मृत्युको कारण भने कोरोना नभएको डा. शर्माले जानकारी दिए। उनको रिपोर्ट नेगेटिभ आएको उनले सुनाए।

घर फर्किएका सबैको स्वाब परीक्षण गरी नेगेटिभ रिपोर्ट आएको हुँदा घर फर्काइएको डा. शर्माले जनाए। ‘तर उहाँहरु अब घरमै ७ दिन क्वारेन्टाइनमा बस्नुपर्छ,’ उनले भने, ‘घर बस्दा पनि गर्नुपर्ने सबै कामको बारेमा जानकारी दिएर पठाएका हौं।’ 

क्वारेन्टाइनमा बसेका पोखरा बाहिर र देशबाहिरबाट आएकासमेत थिए। सबैले १४ दिन क्वारेन्टाइनमा बिताएर स्वाब रिपोर्टसमेत नेगेटिभ आएपछि बुधबार साँझ घर फर्कन पाएका हुन्। 

गण्डकी प्रदेशमा केन्द्रबाट आएको विज्ञ टोलीले यहाँका सरोकारवालालाई बिहीबार कोरोना आशंकित बिरामीलाई अस्पताल लैजाने र शव व्यवस्थापनसम्बन्धी कार्यविधि र नीतिबारे अभिमुखीकरण गराएको जानकारी पनि डा. शर्माले दिएका छन्। 

उनका अनुसार गण्डकी सरकारले कोरोनाको द्रुत परीक्षणका लागि केन्द्रबाट बिहीबार ५ हजार थान किट प्राप्त गरेको छ। ‘गण्डकीमा भारत लगायत विदेशबाट आएकाको संख्या ४ हजार १ सय ४६ छ,’ उनले भने, ‘ती सबैको स्वाब लिएर कोरोना परीक्षण हुन्छ।’

गण्डकीमा बिहीबारसम्म २ सय ८३ जनाको स्वाब परीक्षण भइसकेको र २ सय १४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी डा. शर्माले दिए। २ जनामा संक्रमण देखिएको छ भने अरु ६७ जनाको रिपोर्ट आउन बाँकी छ। कोभिड १९ डेडिकेटेड अस्पतालमा जनशक्ति परिचालन गर्न रोस्टर तयारी भएको जानकारी डा.शर्माले दिए। गण्डकी सरकारले चलाएको हेल्लो डक्टरको १०९२ नम्बरमा फोन गरी ५ सयभन्दा बढी जनाले चिकित्सकीय परामर्श लिएका छन्। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमित बागलुङकी किशोरीलाई फोन गरी हौसला बढाएका छन्। उपचारमा सरकार लागिरहेको जनाउँदै उनले ती किशोरीलाई नआत्तिन आग्रह गरे। उनले बुधबारमात्रै कोरोना रोकथामसम्बन्धी सन्देश गुरुङ भाषामा जारी गरेका थिए। 

बिहीबार गण्डकी सरकारका मन्त्री लेखबहादुर थापा र सांसद रोशन गाहामगरले मगर भाषामा कोरोना रोकथाम सन्देशकै भिडियो जारी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.