तनहुँमा कोरोना परीक्षण गराएका सबैको नतिजा 'नेगेटिभ'

तनहुँमा कोरोना परीक्षण गराएका सबैको नतिजा 'नेगेटिभ'

दमौली : तनहुँमा हालसम्म कोरोनाको आशंकामा परीक्षण गरिएका सबैको परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कोरोनाको संक्रमण देशमा देखिए यता जिल्लाभर गरिएका र्‍यापिड तथा स्वाब परीक्षण कुनैमा पनि संक्रमण भेटिएको छैन ।

जिल्लाबाट हालसम्म १२ जनाको स्वाब संकलन गरेर पोखरास्थित क्षेत्रीय प्रयोगशाला पठाइएको थियो । यसका अलावा एक जनाले आफैं गएर पोखरामा नमूना दिएका थिए । 

सरकारले विदेशबाट आएका तथा संदिग्धसँग सम्पर्कमा रहेकाको द्रुत गतिमा परीक्षण गर्न थालेयता जिल्लाका स्थानीय तहका स्वास्थ्य एकाइमार्फत पनि परीक्षण थालिएको छ । यस्तो र्‍यापिड टेष्टका क्रममा हालसम्म १० वटा तहले तीन सय ५८ जनाको नमूना परीक्षण गरेका छन् । 

१४ दिनअघि विदेशबाट आएका तीन सय ११ पुरुष तथा ४७ महिलाको नमूना परीक्षण गरिएकामा कसैको पनि पोजिटिभ नतिजा नआएको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए ।

यो परीक्षण अझै केही दिन चल्ने बताइएको छ । प्रदेश सरकारमार्फत आएको ६ सय ४० र्‍यापिड परीक्षण किट स्थानीय तहमा वितरण भएको छ । स्थानीय तहका अस्पताल तथा स्वास्थ्य एकाइमा यस्ता व्यक्तिको नमूना परीक्षण गरिएको अधिकारीले बताए । 'आवश्यकताका आधारमा अरुको पनि परीक्षण गर्नेछौं,'  उनले भने । 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर अस्पतालमा पनि परीक्षणको व्यवस्था गरिएको बताए । उनका अनुसार बन्दीपुरमा १५ जनाको परीक्षण गरिएको थियो । जिल्लामा सबैभन्दा धेरै भीमाद नगरपालिकामा ७२ जनाको परीक्षया गरिएको छ । सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा ११ जनाको नमूना परीक्षण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.