पाल्पामा बाहिरी जिल्लाको तरकारीमा रोक

पाल्पामा बाहिरी जिल्लाको तरकारीमा रोक

तानसेन : बिहीबारदेखि पाल्पामा बाहिरी जिल्लाको तरकारी खरिद बिक्रीमा रोक लगाएको छ । कोरोना भाइरस सक्रमण जोखिमबाट बच्न र बचाउन भन्दै अन्तर जिल्लाबाट हुने तरकारी दूध जन्य पदार्थमा खरिद तथा आयतमा रोक लगाएको हो । 

लकडाउनको समयमा पनि तराई तथा भारतीय बजारबाट दिनहुँ पाल्पामा तरकारी आइरहेकोले  भाइरस सक्रमणबाट बच्न हाल बिहीबारबाट लागु हुने गरी अन्य जिल्लाबाट आयात हुने तरकारीमा स्थानीय प्रशासनले रोक लगाएको छ  । पाल्पा जिल्ला रुपन्देही, नवलपरासी, तनहु, स्याङ्जा, गुल्मी, अर्घाखाची जिल्लासंग सिमाना जोडिएको छ ।  दैनिक ५ घण्टा खाद्यान्य  पसल खुल्दै आएकोमा हाल हप्तामा ६ घण्टा मात्र खाधान्य पसल खोल्ने निर्यण स्थानीय प्रशासनले गरेको छ । 
    

तरकारी तथा दूध बिहान ९ देखि ११ बजेसम्म, खाद्यान्य आईतवार, मंगलवार र विहिवार विहान ९ देखी ११ बजे सम्म खोल्ने निर्यण गरेको खाद्यान्य तथा आपुर्ति समितीका संयोजक जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए । औषधी पसल भने नियमित खोल्नु पर्ने, बन्द गरेको पाइएमा औषधी पसल संलाकलाई कारवाही गरिनेसमेत समितिले निर्यण गरेको छ । 

हाल सदरमुकाम तानसेनमा मदनपोखरा, दमकडा, डुम्रे, मस्याम र अर्गली क्षेत्रबाट तरकारी आयात हुँदै आएको छ । पाल्पाको तरकारी अन्य जिल्लामा निर्यातमा भने रोक नलगाएको समितिले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.