लकडाउनमा फेवा किनारमा टहलिने र माछा मार्नेलाई सम्झाउँदै प्रहरी

लकडाउनमा फेवा किनारमा टहलिने र माछा मार्नेलाई सम्झाउँदै प्रहरी

पोखरा : लकडाउनको समयमा फेवाताल किनारमा टहलिने र माछा मार्नेलाई प्रहरीले सम्झाइ बुझाइ गरी घरमै बस्न अनुरोध गरेको छ । फेवाताल किनारमा लकडाउनका बेलामा पनि टहलिने, माछा मार्ने बढ्न थालेपछि प्रहरीले सम्झाइ बुझाइ गरेको हो । 

फेवाताल किनारमा लकडाउनको बेलामा पनि माछा मार्ने र टहलिने युवाहरु बढेपछि वडा प्रहरी कार्यालय बैदाम र  सिआरभि प्रहरीले सम्झाइ बुझाइ गरेको हो । सम्झाउँदा पनि नमाने कारवाही गरिने प्रहरीले बताएको छ । 

फेवातालमा पुर्ख्यौलीरूपमा माछामारेर जिवीका चलाउँदै आएका जलारी समुदाय बाहेकले अनिवार्य रुपमा लाइसेन्स लिएर मात्र बल्छी थाप्न पाउने ब्यवस्था छ । पोखरा महानगरपालिकाले शुल्क लिएर माछा मार्न लाइसेन्स दिने गर्दछ । फेवाताको मध्यभागमा रहेको तालबाराही मन्दिरले पालेको माछा समेत बेला बेलामा मार्ने गरेकोले पनि प्रहरीले लकडाउनको बेलामा गस्ती बढाएको हो । 

राति २ बजेसम्म गुल्जार रहने पर्यटकीय शहर पोखराको लेकसाइड कोरोना भाइरसको कहरको कारण सरकारले एक महिनादेखि लगाएको लकडाउनको कारण दिउँसै सुनसान छ । पोखरामा विभिन्न कारणले घर फर्कन नपाएका र घर फर्कनभन्दा नेपाल नै सुरक्षित महसुस गरेर बस्ने पर्यटकको संख्या ३ सय ३२ बढी रहेको पर्यटक प्रहरी कार्यालय पोखराले बताएका छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.