बारपाकमा एकसातादेखि विद्युत अवरुद्ध

बारपाकमा एकसातादेखि विद्युत अवरुद्ध

गोरखा : गोरखाको बारपाक गाउँमा विगत एक सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ । बारपाक ग्रामीण विद्युतीकरण आयोजनामा समस्या आएपछि बारपाकका १ हजार दुईसय ८७ घरधुरीका बासिन्दा विद्युत सेवाबाट बञ्चित भएका छन् ।

विद्युत सेवा अवरुद्ध हुँदा बारपाकबासीले बिजुली बत्ती बाल्न पाएका छैनन । विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् ।

एनसेलको टावरमा समेत विद्युत प्रवाह हुन नसक्दा मोबाइल सेवा सञ्चालनमा आउन नसकेको वीरबहादुर घलेले जानकारी दिए । 'मुख्य गरी बिजुली बत्ती बाल्न नपाउँदा गाउँलेलाई समस्या भएको घले बताए।

गत बैशाख ११ गते आयोजनाको विद्युत गृहको मुख्य उपकरणमा समस्या आएपछि सेवा अवरुद्ध भएको आयोजनाका सञ्चालक वीरबहादुर घलेले जानकारी दिए । 'पावरहाउसको जेनेरेटरको क्वायल गएको छ । दुई दिनदेखि मर्मत भइरहेको छ, घलेले भने, 'मर्मत हुन अझै दुईचार दिन लाग्न सक्छ ।'

१३६ किलोवाट क्षमताको सो आयोजना २०४८ सालदेखि सञ्चालन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.