गण्डकीमा सहरबाहिर निर्माण सुरु गर्ने निर्णय

गण्डकीमा सहरबाहिर निर्माण सुरु गर्ने निर्णय

पोखरा : गण्डकीमा सहर बजारबाहिरका अत्यावश्यक निर्माण व्यवसाय सुचारु गर्ने निर्णय भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजकत्वको विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । 

खानेपानी, ढल, सिँचाइ, पुल, कल्भर्ट, सडक, विद्युत पोल र खहरे नियन्त्रणको काम सुरु गर्ने समितिको निर्णय छ । ‘ढुंगागिटी, बालुवा, माटो, तारजाली, रड, सिमेन्ट, जस्तापाता, इन्धन र बिटुमिनजस्ता सामान तथा मेसिनरी औजार ढुवानी व्यवस्था गर्ने’, निर्णयमा भनिएको छ, ‘निर्माण सामग्रीको ढुवानी सकेसम्म रातिको समय र समय तोकी उपयुक्त समयमा गर्ने व्यवस्था मिलाइने छ ।’

त्यस्तो निर्माण क्षेत्रमा काम गर्ने मजदुर लगायतको फोटोसहितको विवरण राख्ने निर्णय समितिले गरेको छ । स्थानीय बस्तीलाई असर नपर्ने गरी जनशक्तिलाई साढे १ मिटरको दुरी कायम गरी निर्माणस्थल वा निर्माणस्थल नजिक राख्ने व्यवस्था मिलाइने भएको छ । निर्माण क्षेत्रमा अनधिकृत व्यक्तिको प्रवेश नदिने समितिले जनाएको छ । संक्रामक रोग फैलन नदिन सबै स्वास्थ्य सुरक्षा उपाय अपनाउने पनि भनिएको छ । निर्माण सामग्री ढुवानी गर्ने साधन अन्तबाट प्रवेश गर्दा प्रत्येकपटक डिस्इन्फेक्सन गर्ने समितिको निर्णयमा उल्लेख छ । 

निर्माण क्षेत्रका लागि आवश्यक सामान उपलब्ध गराउन जिल्ला प्रशासनको समन्वयमा सम्बन्धित पसल खुलाइने समितिको निर्णय छ । कृषिसँग सम्बन्धित मल, बिउ बिजनका पसल खोल्ने र तिनको ओसारपसार पनि सहज बनाउने समितिको निर्णय छ । यस्ता पसल र उद्योग कलकारखाना र निर्माण क्षेत्रको अनुगमन सरकारी अधिकारीले गर्ने छन् । सरकारले तोकेको मापदण्ड पूरा भए नभएको अनुगमन अधिकारीहरुले गर्नेछन् । 

खाद्यान्न र त्यससँग सम्बन्धी उद्योग कलकारखाना चलाउन दिने र चलाउँदा पनि जनशक्तिलाई सामाजिक दुरी कायम गर्नुपर्ने समितिले उल्लेख गरेको छ । गण्डकीमा कोभिड १९ संक्रमित २ जना निको भएर घर फर्किइसकेका छन् । यहाँ ५ हजारजनाभन्दा बढीको ¥यापिड परीक्षणसमेत भइसकेको छ । संक्रमण मुक्तिजस्तैको अवस्थालाई ख्याल गर्दै गण्डकी प्रदेश सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने योजना यसअघि नै बनाएको थियो । उद्योग कलकारखाना खोल्न सहज बनाउने प्रदेश सरकारको नीति अनुसार पोखराका केही उद्योगहरु खुलिसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.