गुगल पछ्याँउदै घाइते गिद्धको उद्धार

गुगल पछ्याँउदै घाइते गिद्धको उद्धार

पोखरा : स्याटेलाइट ट्याग ढाडमा बाँधेरे छाडिएका गिद्ध मध्ये एउटा गिद्ध कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रमा अल्मलीयो। प्रजनन केन्द्रभित्र हुर्किएका र त्यहीँ जन्मिएका स्याटेलाइट ट्याग बाँधेर छाडिएका मध्ये एउटा डंगर प्रजातिको गिद्ध तीन दिनदेखि एकै ठाउँमा अल्मलिएपछि किन अल्मलियो बुधबारदेखि खोजी सुरु भयो। 

खोजीमा जुटेका थिए अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत छोमरुङ चेकपोष्टका इन्चार्ज नेत्र शर्मा र स्थानीय वडा अध्यक्षका छोरा आकाश गुरुङ। गुगलमा सर्च गर्दै गिद्धको लोकेशन हेर्दै जाँदा दुई दिनको निरन्तर प्रयास पछि घाइते अवस्थामा २६ सय ५० मिटर माथि छोमरुङ र गुरजुङको बिचमा रहेको भउँलुङ डाँडामा घाइते अवस्थामा बिहीबार डंगर प्राजातिको गिद्ध भेटिएको शर्माले जानकारी दिए। 

घाइते गिद्धलाई उद्धार गरेर अहिले छोमरुङको चेकपोष्टमा राखिएको छ। उद्धारको क्रममा गिद्ध निकै एग्रेसिभ भएको र ठुङ्दा हातमा घाउँ भएको पनि शर्माले सुनाए। तीन दिन अघि स्थानीयले ट्याग लगाएको गिद्धले चितुवाले मारेको बाच्छो खाँदै गर्दा कुकुर झम्टिएको देखेको सुनाएका थिए। कुकुरले झम्टदा गिद्ध घाइते भएर रन्थनिदै भउँलुङ डाँडासम्म पुगेको हुन सक्ने उद्धारमा खटिएका आकाश गुरुङले सुनाए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकृतिको कुचिकार मानिने गिद्ध लोप हुनबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेर विभिन्न जिल्लाबाट गुणमा रहेका बच्चा ल्याएर हुर्काइएका र त्यहाँ जन्मिएका गिद्धलाई प्राकृतिक वातावरणमा पुनः स्थापना गर्दै आएको छ। विभागले बीसीएन र प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रको सहयोगमा प्रजनन केन्द्र स्थापनादेखि पुनः स्थापनासम्म गर्दै आएको हो। 

प्रजनन केन्द्रमा हुर्काएर प्रकृतिक वासस्थानमा छाडिएका गिद्ध प्रकृतिमै हुर्किएका गिद्धसँग दौडिन नसक्दा र नयाँ ठाउँमा जाँदा अड्केको हुन सक्ने गिद्ध संरक्षण गर्दै आएका पन्छी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत कृष्ण भुसालले बताए। प्रजनन केन्द्रमा हुँर्काएको भएकोले नयाँ लोकेसनमा पुग्दा कहाँबाट आएको कहाँ जाने भन्ने मेसो नपाएर हराएको हुन सक्ने पनि उनले सुनाए। 

यसरी प्रकृतिमा छाडिएका गिद्धमा रहेको स्याटेलाइट ट्यागबाट प्रत्येक दुई घण्टामा निरन्तर म्यासेज पठाउने उनले बताए। यसरी पठाउने जिपीएस लोकेसन म्यासेज अनुसार छाडिएका गिद्ध कहाँ कुन अवस्थामा छ भन्ने बेला बेलामा फिल्डमै गएर अनुसन्धान भइरहने पनि उनले जानकारी दिए। 

‘सामान्यतया कुनै गिद्ध एकै ठाउँमा दुई तीन दिन बस्यो भने के कारणले बस्या। सिनो छ भने केको सिनो थियो’, भुसालले भने, ‘कतै गुढ लगाएको पो छ की जानकारी दिन फिल्डमा अब्जर गर्न जान्छौं।’ 

ठाउँ नै थाहा नभएको स्थानमा पनि जिपीएस लोकेसन म्यासेजलाई गुगुलमा पछउँदै खोज गर्न जाने गरेको उनले सुनाए। अहिले लकडाउनको कारण रेगुलर रुपमा फिल्डमा जान नसकेको उनले बताए।  

सन् २००८ देखि सन् २०१० सम्म तीन वर्ष कास्की, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाबाट ६० वटा डंगर गिद्धका बच्चा ल्याएर प्रजनन केन्द्र भित्र संरक्षण गरिएको हो। सन् २०१२ देखि अन्डा पार्न सुरु गरेका प्रजनन केन्द्र भित्रका गिद्धले अहिले सम्म १८ वटा बच्चा कोरलेको र सन् २०१६ देखि सन् २०१९ सम्म ३१ वटा डंगर प्रजातिका गिद्धलाई स्याटेलाइट ट्याग बाँधेर प्राकृतिक बासस्थानमा छाडिएको भुसालले जानकारी दिए। 

सन् १९९०/०९१ तिर दक्षिण एशियामा ठुलो संख्याम गिद्ध मर्न थाले। डंगर प्रजातिको गिद्ध त ९० प्रतिशतसम्म लोप भएको अनुसन्धानकर्ता बताउँछन्। यसको कारण पत्तालगाउन वैज्ञानिक लागि परे। 

अनुसन्धानबाट पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रयोग गरिएका चौपाय मरेलगतै ७ दिन भित्र गिद्धले आहाराको रुपमा खाँदा गिद्धको मिगौलाले नै काम गर्न छाडेर मर्ने वैज्ञानिकको अनुसन्धानबाट पत्तालाग्यो। सन् २००६ देखि मेलोक्सिक्याम आविष्कार गरी प्रयोगमा आएको छ। यसैले सिनो खाएर वातावरण सफा राख्ने प्रकृतिको कुचिकार गिद्ध संरक्षणको काम भएको हो। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.