दुई जनाको शव भेटियो
पोखरा : अन्नपूर्ण आधाशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा हराएका ४ कोरियन पर्यटक र ३ नेपाली सबैको शव फेला परेको छ।
यसअघि पटक-पटक गरी ३ कोरियन र २ नेपाली भेटिएकोमा शुक्रबार बाँकी एक कोरियन महिला पर्यटक र नेपाली गाइड छिरिङ भोटे भेटिएसँगै तीन महिनापछि सबैको शव फेला परेको हो ।
हिमपहिरो गएको क्षेत्रमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयले हिउँ पन्छाएर खोजी गर्दा शुक्रबार दिउँसो अन्तिम दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
तीन÷चार दिनदेखि नियमित रूपमा हिउँमा खोजी गर्दा १४/१५ फिट तल शव फेला परेको उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !