हप्ताको ३ दिन ३ घण्टा मात्र पसल खोल्न पाइने

हप्ताको ३ दिन ३ घण्टा मात्र पसल खोल्न पाइने

रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब हप्ताको ३ दिन मात्र तरकारी र खाद्यान्नका लागि पसल खोल्न दिने भएको छ । नगरपालिकाले एक सूचना प्रक्राशित गरी सोमबार, बुधबार र शुक्रबार तीन घण्टाको दरले पसल खोल्न भनेको छ । 

यी दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाइने र सामाजिक दुरी कायम गरेर सुरक्षित तरिकाले खरिद बिक्री गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि तिलोत्तमामा हप्ताको सातै दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म खाद्यान्न पसल खुल्ला गरिएको थियो । पसल जाने बहानामा मानिस अनावश्यक तरिकाले हिँडडुल गर्न थालेपछि तीन दिनको मात्र समय छुट्याइएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘एक किलो सामान ल्याउने बहानामा अनावश्यक बाहिर निस्कने डुल्ने, गाडी घोडा लिएर हिँडेको देखियो । यसले समस्या पार्यो’, उनले भने, ‘दूधको समय बिहान ७ बजेदेखि ९ बजेसम्म यथावत छ । त्यही समयमा नगरबासीले खाद्यान्न किन्छन् । दूध पनि किन्छन् भनेर यो निर्णय गरिएको हो ।’  

त्यसै गरी नगरपालिकाले नगरभित्रैकै स्थानीय कृषि उपज मात्र उपभोग गर्न सुचित गरेको छ । नगरक्षेत्रमै तरकारी र दूधको उत्पादन पर्याप्त भएकाले अन्य स्थानबाट आएको तरकारी, फलफूल र दूधजन्य पदार्थ नल्याउन र बिक्री वितरण नगराउन भनिएको प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘तिलोत्तमाका लागि नगरकै तरकारी पर्याप्त छ’, उनले भने,  ‘स्थानीय तरकारी भनेर अन्यत्रबाट तरकारी आउने क्रम भइरहेको थियो । त्यसले जोखिम बढ्छ भनेर पूर्णतया रोक्ने निर्णय भएको हो ।’ किसानको उत्पादनको लागि नगरपालिकाले सहजीकरण गर्ने प्रवक्ता श्रीले बताए ।  

त्यसै गरी तिलोत्तमा नगरपालिकाले अन्य स्थानीय तहबाट श्रमिक ल्याउन नपाउने निर्णय पनि गरेको छ । यस्तै तिलोत्तमा नगरपालिकाले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षको नतिजा पनि अर्को सूचना नभएसम्मको लागि रोकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.