सुनसान लेकसाइड (तस्बिरसहित)

सुनसान लेकसाइड (तस्बिरसहित)

पोखरा : रातभर जागा रहने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड कोरोना कहरको मारमा २४ सै घण्टा सुनसान छ। लकडाउनपछि पोखरा र सेरोफेरोबाट एक हजार भन्दा बढी पर्यटक स्वदेश फर्केका छन्। दूतावासले पहल नगरेका कारण चीनलगायत देशका पर्यटक, चार्टड प्लेनको महँगो भाडा तिर्न नसकेर नेपालमै बसेका छन्। नेपाल नै बस्न चाहेका केही युरोप, अमेरिकन पर्यटक अझै पनि पोखरामा छन्। त्यो संख्या करिब ३ सय जति रहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ।

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटन क्षेत्रमा व्यवसायीले पछिल्लो समयमा धेरै लगानी गरिरहेका थिए। एउटै होटलमा २५–३० कारोडदेखि एक अर्बसम्मको लगानी रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए। बैंकको चर्को ब्याज लिएर बनेका होटल, रेष्टुरेन्ट कसरी टिकाउने भन्ने चिन्ता बढेको व्यवसायी बताउँछन्।

बैंकको ब्याज त छँदै छ। विद्युत्, खानेपानी, कर्मचारीको दिन पनि समस्या भइरहेको होटल व्यवसायीको गुनासो छ। पोखरामा साना–ठूला गरी ७ सय ५० होटल सञ्चालनमा छन्। पोखरामा पर्यटकीय सुविधा सम्पन्न ३० हजारभन्दा बढी बेड संख्या रहेको संघका अध्यक्ष तुलाचनले बताए। अझै पनि कति होटल सम्पन्न भएर सञ्चालनको तयारीमा रहेका छन्।

पोखराका होटलमा मात्र २ खर्ब लगानी रहेको उनले सुनाए। पोखराको समग्र पर्यटन क्षेत्रमा ४ खर्ब बढी लगानी रहेको उनको भनाइ छ। होटल, रेस्टुराँ, साहसिक खेल, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन, बन्जीजम्प, पर्यटकलाई लक्षित गरी सञ्चालन भएका बस, जीपलगायत धेरै लगानी भएको छ। कोरोना भाइरस सक्रमण अघिसम्म २४ सै घण्टा जागा रहने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड अहिले सुनसान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.