सुनसान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (फोटो फिचर)
पोखरा : यति बेला विश्व नै कोरोना कहरको मारमा छ। मान्छेबाट मान्छेमा सर्ने कोभिड—१९ को संक्रमण नियन्त्रण गर्न युरोप, अमेरिका, एसियाका ठूलासाना प्राय सबै देश लकडाउनमा छन्। नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडान लगाएको छ।
लकडाउनको समयमा अस्पताल नगई नहुने बिरामीबाहेक अन्य बिरामी घरमै औषधि सेवन गरेर बसेका छन्। यति बेला इमर्जेन्सी केही परेमात्र अस्पताल आउन र अन्यथा सामान्य बिरामी अस्पताल नगएकै राम्रो हुने डक्टरले सुजाएका छन्।
इमर्जेन्सी सेवा लिन आउने बिरामी, प्रसूति सेवा, डायग्नोसिस गर्नु पर्ने बिरामी भने अस्पताल जाने गरेका छन्। अस्पताल पुग्ने संख्या सामान्य अवस्थाभन्दा निकै न्यून छ। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा अहिलेसम्म कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छैनन्। 
प्रदेशको बागलुङ जिल्लामा दुई जनामा कोरोना सक्रमण देखिए पनि उपचारपछि सञ्चो भएर घर फर्केका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सामान्य अवस्थामा दैनिक १२ सय देखि १५ सय जनासम्म बिरामी उपचार गर्न आउने गरेकोमा त्यो संख्या अहिले घटेर मुस्किलले दुई सय दुई सय पचास जना बिरामी दैनिक उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले बताएको छ। पछिल्लो समय दैनिक ३०÷३५ जनाको शल्यक्रियाबाट प्रसूति सेवा भइरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा अर्जुन आचार्यले जनाकारी दिए।
हप्तामा १ सय १० जना डायग्नोसिस सेवा लिन आउने गरेको पनि अस्पतालका निर्देशक डा. आचार्यले बताए। ज्वरो लगायत इमर्जेन्सी सेवा लिन आउने बिरामी पनि फाट्टफुट्ट आउने गरेको कर्मचारीले बताएका छन्।
सधै जसो निकै भिडभाड हुने अस्पताल भित्रको टिकट काउन्टर र औषधि लिने कान्ण्टर सुनसान छ। बच्चाबच्ची खेल्ने सुविधासहितको अस्पताल परिसको चौर, सडक पनि सुनसान छ। कुचीकार बिहान सबेरै सरसफाइमा व्यस्त हुन्छन्। भित्र पस्ने गेटअघि सेनिटाइज गर्छन् अर्का कर्मचारीले। 
दैनिक भिडभाड हुने अस्पतालमा अहिले डेढ दुई सयजना बिरामी पनि नआएकाले सुनसान रहेको सफाइ कर्मचारी मनोज परियारले सुनाए। यति बेला बिरामी निजी अस्पतालको व्यवहारका कारण सरकारी अस्पतालमा नै प्राथामिकतामा पर्ने गरे पनि सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै सुनसान छ।
यति बेला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा वगमबेली, जाकाराण्डा फूललगायत विभिन्न प्रजातिका पहेला, राता, निलो, प्याजी रङ्का फूलहरु फुलेर सुन्दर देखिएको छ। वसन्त ऋतु यसै त हरियाली अस्पताल परिसबाटै मौसम खुल्दा देखिने माछापुच्छ्रे हिमालले त्यहाँ पुग्ने जोकोहीलाई मोहित बनाउँछ। सवारी साधन नचल्दा बनेको शान्त र धुलोधुवा रहित वातावरणमा चराचुरुंगीको चिरविर आवाजको संगीत सुनिन्छ। 




प्रतिक्रिया दिनुहोस !