राहतमा फेवाको जलकुम्भी फाल्ने काम

राहतमा फेवाको जलकुम्भी फाल्ने काम

पोखरा : पोखरा महानगरपालिकाले फेवातालमा माछा मारेर गुजारा चलाउँदै आएका जलारी समुदायलाई राहात स्वरुप फेवातालको जलकुम्भी झार झिक्ने काम दिएको छ । लकडाउनको कारण माछाले बजार नपाएपछि महानगरपालिकाले राहात स्वरुप काम दिएको हो । 

वैशाख १८ गतेदेखि जलारी समुदायले फेवातालको सिमसार क्षेत्रमा फैलिएको जलकुम्भी झार झिक्न थालेका छन् । माछा मारेरै गुजारा चलाउने जलारी समुदाय करिब एक महिना माछा बिक्री गर्न नपाएपछि यसअघि पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापा र जलारी समुदायकै अग्रजसहितको छलफल र सल्लाहामा राहात आवश्यक परेका ५५ घर परिवारलाई चामल, दाल, नुन, तेल लगायतका अत्यावश्यक खाद्यान्न वितरण गरिएको थियो । 

स्थानीय गोमा थापाको पहलमा बेल्जियमबाट आएको सहयोगबाट २५ बोरा चामल जलारी समुदायलाई वितरण गरिएको उनले सुनाए । 

सधैं राहत दिनभन्दा पनि काम दिन जलारी समुदायको पनि माग रहेकेले पहिलो चरणमा २ लाख ६२ हजार रुपैयाँ महानगरपालिकाले जलकुम्भी झार झिक्न छुट्याएर काम सुरु भएको पोखरा १८ का वडा अध्यक्ष थापाले जानकारी दिए । पहिलो चरणमा ७ सय ५० जनाले रोजगारी पाउने उनले बताए । वर्षा याममा तालको सतह बढेपछि तालको सिरानको सिमसार क्षेत्रमा फैलिएको जलकुम्भी झार तालभर फैलन्छ । 

कोरोना सक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लकडाउन लगाएको छ । सामान्य अवस्थामा प्रति दिन २ सय किलो सम्म माछा मारेर बिक्री हुनेमा लकडाउनमा माछा नै बिक्री नभएको फेवा मत्स सहकारीका अध्यक्ष इन्द्र जलारीले बताए । ‘राहत होइन माछाको बजार ब्यवस्थापनमा सघाउन माग गरेका थियौं’, उनले भने । महानगरपालिकाले यस्तो अवस्थामा जलुकम्भी झार झिक्ने काम दिएकोमा उनले खुसी व्यक्त गरे । 

कारोना सक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएकाले माछा नबिकेर जीवन धान्न सकस परेको अवस्थामा जलकुम्भी झार फाल्ने काम दिएकोमा जलारी समुदाय खुसी छन् । दैनिक ४ घण्टा जलकुम्भी झार झिकेको ३ सय ५० रुपैयाँ दरले महानगरपालिकाले काम दिएको फेवा मत्स्य सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर जलारीले सुनाए । 

प्रत्येक घरबाट एकजना पर्ने गरी जलकुम्भी झार निकाल्ने काममा लागेको र अति दयनीय अवस्थाका परिवारलाई तीनजनासम्मले रोजगार पाएको उनले बताए । फेवाताल किनरमा ९३ घर परिवार जलारी समुदाय छन् । उनिहरुको पेशा नै माछामार्ने हो । वैशाख १५ गते देखि जलारी समुदायले एक दिन बिराई माछा मार्न थालेका छन् ।  पहिले दैनिक दुई सय किलो सम्म माछा बिक्री हुनेमा अहिले भने दैनिक ६० देखि ८० किलो माछा बिक्री हुन थालेको उनले सुनाए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.