वैशाखभित्रै पोखराका विद्यालयको नतिजा

वैशाखभित्रै पोखराका विद्यालयको नतिजा

पोखरा : आफ्नो नगर क्षेत्रका विद्यालयहरुलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्न पोखरा महानगरपालिकाले निर्देशन गरेको छ। महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङद्वारा हस्ताक्षरित सूचनामा वैशाखभित्र नतिजा निकाल्न निर्देशन दिइएको छ। कोरोना भाइरसको महामारी रोक्न घोषित लकडाउनकै बेला पनि केही विद्यालयले भने नजिता निकालिसकेका छन्। 

महानगरपालिकाको सूचनाअघि नै कतिपय विद्यालयले नजिता निकालेका हुन्। ती विद्यालयले अनलाइनमार्फत विद्यार्थी र अभिभावकलाई नतिजा सूचित गरेका छन्।

‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी र अभिभावकमा अन्योल सिर्जना भएकाले’, गुरुङले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड प्रतिकुल नहुने गरी २०७६ सालको वार्षिक परीक्षाको परीक्षाफल वैशाखभित्र प्रकाशित गरी विद्यार्थी र अभिभावकलाई जानकारी गराउन सम्पूर्ण विद्यालयलाई अनुरोध छ।’ 

महानगरपालिका आफैंले भने कक्षा ८ को पालिका स्तरीय परीक्षाको नतिजा २९ वैशाखमा सार्वजनिक गर्ने जनाएको छ। महानगरपालिकाले नयाँ भर्ना भने नगर्न निर्देशन गरेको छ। २२ वैशाखको मन्त्रिस्तरीय निर्णयानुसार अर्काे सूचना नभएसम्म नयाँ भर्ना नगर्न महानगरले भनेको छ। 

निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा आफूहरुले पनि सबै सदस्य विद्यालयलाई ३१ वैशाखभित्र नतिजा प्रकाशन गर्न भनेको जानकारी दिए। उनले भने, ‘कुनै विद्यालयका शिक्षक, कर्मचारी टाढा र इन्टरनेट भएका ठाउँमा भए केही समस्या होला, नत्र सबैजसो विद्यालयको नतिजा प्रकाशित हुन्छ।’ 

चैत ५ गते नै सकिएको परीक्षाको नजिताबारे विद्यार्थी र अभिभावकका उत्सुकता रहेको हुँदा आफूहरु महानगरपालिकाको सूचना आउनु अघि नै नतिजामा तयारी गरेको शर्माले सुनाए। ‘अन्य क्रियाकलाप गर्न नसकिएपछि नतिजा आएपछि विद्यार्थीले स्वअध्ययन गर्न पनि पाउँछन्, नयाँ किताब नपाए पनि छरछिमेकका दाइदिदीहरुका पुराना किताब पनि पढ्न सक्छन्’, उनले भने। शर्माले नयाँ पाठ्यपुस्तक उपलब्ध गर्ने वातावरणसमेत बनाउने आशा उनले प्रकट गरे। उनकै भनाइमा पोखरामा १७५ वटा संस्थागत विद्यालय छन्। साुमदायिक विद्यालयको संख्या २ सय ७ छ। ती विद्यालयमा १ लाखभन्दा बढी विद्यार्थी छन्। 

यसअघि पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले अनलाइन कक्षा नचलाउन दिएको निर्देशनको भने आलोचना भएको थियो। अनलाइन कक्षाले विकृति ल्याएको महानगरपालिकाको भनाइ थियो। तर अनलाइनबाट व्यवहारिक ज्ञान दिएको भन्दै कतिपय विद्यालयले महानगरपालिकाको निर्देशनको आलोचना गरेका थिए। अनलाइनले डिजिटल खाडल पैदा गर्ने भन्ने कतिपयको भनाइमाथि प्रतिक्रिया दिँदै केही विद्यालय सञ्चालकले भनेका थिए—खाडल त अहिल्यै सामुदायिक र निजी विद्यालयले गर्दा भएको छ। सक्ने भए सरकारले सामुदायिक विद्यालयलाई पनि निजी सरह स्तरीय बनाए हुन्छ।’ 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.