फेवा तालले दुई दिनमा दुईजनाको ज्यान लियो
पोखरा : लकडाउनका बेला एकाबिहानै तरकारी लिन गएका युवा मृत फेला परेका छन्। शनिबार बिहान तरकारी लिने भनेर निस्किएका पोखरा १८ सराङ्कोटका ४० वर्षीय राजु बास्तोला आइतबार फेवातालमा मृत भेटिएका छन् । उनको शव तालमा तैरिरहेको देखेपछि आइतबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बास्तोलाको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । विन्ध्यवासिनी मन्दिर नजिकै बस्दै आएका उनी उनी कसरी फेवासम्म आइपुगे र मृत्यु भयो भन्नेबारे अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । 'आफन्तसँग पनि बुझ्दै छौं, 'उनले भने, 'अनुसन्धान सुरु भइसकेको छ।'
शुक्रबार पनि अर्का एकजनाको फेवातालमा डुबेर मृत्यु भएको थियो। कपडा फुकाल्दै एक्कासी तालमा हाम फालेका उनको भने सनाखत भएको छैन ।
प्रतिक्रिया दिनुहोस !