लकडाउनमा पनि फेवा तालको प्रदूषण घटेन (तस्बिर )

लकडाउनमा पनि फेवा तालको प्रदूषण घटेन (तस्बिर )

पोखरा : विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड—१९) का कारण आधा विश्व लकडाउनमा छ । लकडाउनका कारण सवारी साधन नचल्दा र उद्योग बन्द हुँदा वातावरणप्रदूषणमा निकै कमी आएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै समाचारहरु आइरहेका छन् । नेपालको राजधानी काठमाडौं लगायत देशभरको वातावरण प्रदूषणमा पनि कमी आएको बताइएको छ ।

नासाका वैज्ञानिकहरुले मोटरभेइकल, औद्योगिक क्षेत्रबाट उत्पादन नासियोस ग्यास, नाइट्रोजन डाइअक्साइडको मात्र घटिरहेको बताएका छन् । कोभिड—१९ का कारण वातावरण प्रदूषणमा कमी आएको समाचार आइरहँदा पोखराको सुन्दर फेवातालको दुःख भने उस्तै छ । 

फेवातालमा फोहोर मिसिने क्रम नरोकिएपछि यहाँको प्रदूषण कम नभएको हो । विशेष गरी फेवातालमा मिसिने फिर्के खोलामा फालिने फोहोर बस्तु र ढल नरोकिंदा फेवातालमा हुनेप्रदूषण नघटेको हो । पोखराको विन्ध्यवासिनीदेखिका ढल फिर्के खोला हुँदै तालम मिसिन पुग्छन् । प्लाष्टिक, बोतल, थोत्रा कपडा, मरेका कुखुरासमेत खोलाको पानीसँगै तालमै डुबुल्की मार्न पुग्छन् ।

घर-घरका फोहोर पानी पनि तालतिरै सोझिएका छन् । पोखरा नेपालकै धेरै पानी पर्ने शहर मानिन्छ । चैत, वैशाखमा बेला बेलामा पानी परिरहेको छ । ठूलो पानी पर्‍यो कि पोका पोका फोहोर र फोहोर पानी फिर्के खोला हुँदै तालमा ओइरिन्छ फेवाताल किनारका स्थानीय नरबहादुर विकले सुनाए ।   


  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.