पोखरामा बढ्यो सवारी चाप (फोटो फिचर)
पोखरा : चीनबाट सुरु भइ विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) कोरोना भाइरस सक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पोखरामा आइतबार भने लकडाउन हटि सकेको हो कि भन्ने भान हुने गरि पोखराका मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोडमा सवारी साधनको चाप हत्तै बढेको हो ।

जिल्ला प्रहरी कार्याल कास्कीका प्रमुख एसपी दानबाहादुर कार्कीले लकडाउन नखुलेको बताए । मन्त्री परिषदका निर्णय अनुसार निर्माण, उद्योग, खाद्यन्न, कलकारखाना, बैंक वित्तीय संस्था, विमा संस्थानहरु खुलेकोले सम्वन्धित कार्यालयका सवारी साधन चल्दा सवारी चाप केही बढेको बताए । धितो पत्र, सहकारी खुले । कच्चापदार्थ ढुवानी गर्ने सवारी साधन पनि खुलेकोले मान्छेको मुभमेण्ट बढेको उनले सुनाए । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड भने सुनसान थियो ।
आइतवरा दिउँसो यस्तो देखियो पोखराको सिर्जनाचोक, पृथ्वीचोक, महेन्द्रपुल, न्यूरोड लगायतका सडकमा देखिएको सवारी चाप र मानिसको ब्यवस्तता ।
तस्बिर : कृष्णमणि बराल




प्रतिक्रिया दिनुहोस !