बारपाक सुलीकोटको अभ्यास : राहत पाउन श्रम गर्नैपर्ने

बारपाक सुलीकोटको अभ्यास : राहत पाउन श्रम गर्नैपर्ने

गोरखा : लकडाउनका कारण श्रमिकलाई जीवन निर्वाह गर्न समस्या भएको भन्दै देशभर राहत वितरण भइरहेका बेला गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले काम गर्नेलाई मात्र राहत दिने नियम बनाएको छ।

श्रम गरेर जीवन निर्वाह गर्ने र परनिर्भरता घटाउने उद्देश्यले ‘काममा आधारित राहत’ कार्यक्रम लागु गरेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । गाउँपालिकाको गत वैशाख २४ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘काममा आधारित राहत’ कार्यक्रमको कार्यविधि अनुमोदन गरी लागु गरेको अध्यक्ष भट्टले बताए । 

‘राहत पाइन्छ भनेपछि गाउँलेमा श्रम नगर्ने, मागेर पाइन्छ भन्ने बानीको विकास हुने भएकाले श्रम गर्नेलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएका हौं’, अध्यक्ष भट्टले भने, ‘नाला बनाउने, नाला सफा गर्ने, सिँडी बनाउने, कुलो बनाउने काम गर्नेछन् । प्रतिघण्टा एकसय रुपैयाँका दरले दैनिक आठ घण्टा काम गर्नेलाई आठसय रुपैयाँका दरले राहत दिनेछौं ।’ 

कम समय काम गर्नेलाई कम र बढि समय काम गर्नेलाई बढि ज्याला दिने भएपछि उनीहरुमा काम गर्ने बानीको विकास हुने उनले विश्वास ब्यक्त गरे । काममा आधारित राहत कार्यक्रमका लागि गाउँपालिकाले हाल प्रत्येक वडालाई तीनलाख रुपैयाँका दरले २४ लाख रुपैयाँ बिनियोजन गरेको छ । कार्यक्रम उत्साहवद्र्धक भएमा बजेट थप पनि गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । 

कार्यक्रम कार्यान्वयनको जिम्मा वडा अध्यक्षलाई दिएको गाउँपालिकाले जनाएको छ। ‘के काम गर्ने भनेर कामको योजना बनाउने, कामदार छनौट गर्ने, कामको मूल्याङ्कन गर्ने, कामदारको निगरानी गर्ने, भुक्तानी गर्ने सबै जिम्मा वडा कार्यालयलाई दिने निर्णय भएको छ’, भण्डारीले भने, ‘श्रमिक छनौट गर्दा पहिलो चरणमा राहत पाएकालाई पहिलो प्राथमिकता दिनुपर्ने, वडा अध्यक्षले एउटा समूहमा पाँचजना मात्र रहने गरी समूह विभाजन गरी काम लगाउनु पर्नेलगायतका व्यवस्था कार्यविधिमा छ ।’ पहिलो चरणमा गाउँपालिकाभरिमा छसय ३५ जनाले राहत पाएका थिए । यसमा थपघट हुनसक्ने उनले बताए । 

अहिले वडा नम्बर ६ को डाँडागाउँमा भेल कटाउने काम सुरु भइसकेको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नम्बर ५ को लाकुरीबोटमा सिँडी बनाउने काम पनि सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
गाउँपालिकाले उपभोक्ता समितिमार्फत गरिने काममा मेसिनको प्रयोगलाई निरुत्साहन गर्ने र धेरै ज्याला दिएर पनि मान्छे नै प्रयोग गरी काम गर्ने नियम लागु गरेको अध्यक्ष भट्टले जानकारी दिए ।

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.