अन्नपूर्ण संरक्षण क्षेत्रमा अझै छन् दश देशका २५ पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा अझै छन् दश देशका २५ पर्यटक

पोखरा : लकडाउनअघि अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न स्थानमा पदायात्रामा गएका पर्यटकमध्ये अझै पनि २५ पर्यटक पदयात्रा क्षेत्रमै रहेका छन् । घर फर्कनु भन्दा आफू रहेको पदयात्रा क्षेत्र नै सुरक्षित ठानेर पर्यटकहरु संरक्षण क्षेत्रकै होटल र होमस्टेमा बसेका हुन् । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा अझै पनि दश देशका २५ जना पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का प्रमुख राजकुमार गुरुङले जानकारी दिए । पदयात्रा क्षेत्रमा रहेका पर्यटकहरु मध्ये मुस्ताङमा १२ जना, मनाङमा ७ जना, ल्वाङमा ३ जना, इलाका संरक्षण कार्यालय घान्द्रुक अन्तर्गत तिखेढुङ्गामा २ जना र लान्द्रुकमा १  जना रहेको आयोजना प्रमुख गुरुङले बताए ।

लकडाउनकै समयमा धेरै पर्यटक संरक्षण क्षेत्रमा थिए । आफ्नो देशले घर फर्कन ब्यवस्था गरेको चार्टर्ड प्लेनबाट फर्कन चाहाने पर्यटक फर्केको र यही सुरक्षित ठानेर बस्ने पर्यटक अझै पनि संरक्षण क्षेत्रमै रहेको उनले जानकरी दिए । अहिले संरक्षण क्षेत्रमै बसेका पर्यटकमध्ये केही आफ्ना देशले घर फर्कन चार्टर्डप्लेन ब्यवस्था गरे पनि आप्नो देशभन्दा यही सुरक्षित रहेको ठानेर बसेका उनले सुनाए । 

अन्नपूर्ण पदयात्रा क्षेत्रमा अहिले अर्जेन्टिनाका २ जना, अष्टेलियाका ३ जना , फ्रान्सका ३ जना, जर्मनका ४ जना, इटालीका ३ जना, जापानका १ जना, फिलिपीन्सका १ जना, रसियाका ५ जना, स्विडेनका १ जना, अमेरिका २ जना रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका सूचना अधिकारी ऋषि बरालले बताए । २५ जनामध्ये १८ जना पुरुष ७ महिला रहेको उनले जानकारी दिए । 

अन्नपूर्ण क्षेत्रमा २०२० को जनवरीमा गत वर्षभन्दा बढेका थिए पर्यटक 

नेपाल सरकराले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहँदा सन् २०२० को पहिलो महिना जनवरीमा अन्नपूर्ण पदयात्रा क्षेत्रमा सन् २०१९ माभन्दा बढी पर्यटक पदयात्रा गरेको तथ्याङक छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) क्षेत्रमा सन् २०१९ को जनवरी महिनामा ५ हजार ६ सय ८८ जना पर्यटक आएकोमा सन् २०२० को जनवरी महिनामा त्योभन्दा बढी ५ हजार ८ सय २० जना पर्यटकले पदायत्रा गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखराका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए । 

सन् २०१९ को जनवरी महिनामा सार्क मुलुकका ४ सय १३ जना र अन्य देशका ५ हजार २ सय ७५ जनाले पदयात्रा गरेका थिए । सन् २०२० को जनवरी महिनामा सार्क देशका ८ सय ५ जना र सार्क बाहेकका देशका पर्यटक ५ हजार १५ जनाले पदयात्रा गरेको उनले बताए । 

चीनमा सन् २०१९ को डिसेम्बर अन्तिम साता पहिलो पटक कोरोना देखापरेर फैलने क्रम सुरु भएसँगै अंग्रेजी महिनाको फ्रेब्रोवरी महिनामा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा पनि असर परेको देखिएको छ । फेब्रोवरी महिनामा भने सन् २०१९ का भन्दा कम पर्यटकले अन्नपूर्ण क्षेत्रको पदयात्रा गरे । गत वर्षको तुलना गर्दा सन् २०२० को जनवरीको तथ्याङ्क हेर्दा नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा कोरोना सक्रमण नभएको भए यस वर्ष पर्यटकको आगमन बढ्ने देखिएको हो ।

सन् २०१९ को फ्रेब्रुवरी महिनामा ७ हजार १ सय ५३ जना पर्यटकले अन्नपूर्ण पदयात्रा क्षेत्रको पदयात्रा गरेकोमा सन् २०२० को उही महिनामा घटेर ६ हजार १९ जनाले मात्र पदयात्रा गरेका तथ्याङ्क रहेको छ । सन् २०१९ मा सार्क मुलुकका पर्यटक ५ सय ६७ र अन्य देशका पर्यटक ६ हजार ५ सय ८६ जनाले पदयात्रा गरेका थिए । सन् २०२० को फ्रेब्रुवरी महिनामा सार्क राष्ट्रका १६ सय ५७ जनाले पदयात्रा गरे भने अन्य देशका ४ हजार ३ सय ६२ जना पर्यटले पलयात्रा गरेको एक्याप पोखरोको तथ्याङ्क छ ।  

पर्यटक प्रहरी कार्यालय पोखराका अनुसार पोखरामा अझै  पनि ३ सय ६२ पर्यटक छन् । कुनै देशका पर्यटक आफ्नो देश फर्कन नपाएर यही बस्न बाध्य छन् भने कति देशका पर्यटक घर फर्कन चार्टर्ड प्लेनको ब्यवस्था सरकराले गरे पनि यही सुरक्षित रहेको महशुस गरी बसेका छन् । कुनै देशका पर्यटक भने चार्टर्ड प्लेन महंगो भएकोले यही बस्न बाध्य पनि छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.