कालीगण्डकीमा डुबेर दुई बालक वेपत्ता
तानसेन : पाल्पामा कालीगण्डकी नदीमा डुबेर दुईजना बालक वेपत्ता भएका छन्। रामपुर नगरपालिका १० शिखरडाडाका दुई बालक रामपुरको मलौटे घाटबाट वेपत्ता भएका हुन्। वेपत्ता हुनेमा रामपुर नगरपालिका १० का १० वर्षीय सुनिल भट्टराई र सोही ठाउँकै ८ वर्षीय समिर चापागाई रहेको वडा अध्यक्ष लिलबहादुर गाँहाले बताए ।
इलाका प्रहरी कार्यालय रामपुरले बालककको खोजीका लागि सो क्षेत्रमा प्रहरी खटाएको जनाएको छ । कालीगण्डकी धमिलो भएकाले उद्धारमा कठिनाई भएको वडा अध्यक्ष गाँहाले बताए ।
रामपुर नगरपालिका १० शिखरडाडाका बालक लकडाउनको समयमा ५ जना साथीसँग मिलेर बाख्रा चराउन गण्डकी किनार गएका थिए । नुहाउँदै गरेका दुवैजना बगेको देखेपछि ३ जना साथीले घरमा अविभावकलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !