कृषिमा युवालाई विना धितो ऋण

कृषिमा युवालाई विना धितो ऋण

तानसेन :  कोभिड १९ को कारण विदेशबाट स्वदेश फर्किएका युवालाई पाल्पाको रम्भा गाउँपालिकाले विना धितो ऋण उपलब्ध गराउने भएको छ । विदेशमा रहेका रम्भा गाउँपालिका भित्रका युवाहरुलाई लक्षित गरी गाउँपालिकाले आउँदो नीति तथा कार्यक्रममा यो व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

पालिकाभित्रका सहकारी संस्थामार्फत गाउँपालिकाले  ५ करोड रुपैयाँसम्म ४ प्रतिशत व्याजमा युवालाई विनाधितो प्रति व्यक्ति ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।  हालै विदेशबाट गाउँ फर्किएका युवालाई कृषि पशुपालन तथा विभिन्न किसिमका घरेलु तथा साना उधोग संचालनको लागि पुँजी अभाव नहोस् भनी रम्भादेवी  साना किसान कृषि सहकारी संस्थामार्फत गाउँपालिकाले यो अभियान सुरु गरेको हो । 
    

कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न अहिले गाउँपालिकामार्फत सहकारीमा एकसय जना भन्दा बढी युवाहरुको निवेदन परेको छ ।  ऋणको लागि निवेदन दिएका  युवाहरुको घर घरमा पुगी  गाउँपालिका तथा सहकारीले कार्ययोजना अनुसारको कृषि तथा पशुपालनको अवस्थाबारे अवलोकनको काम सुरु गरेको छ । युवाहरुको क्षमता मूल्याङकन, पूर्वाधार तथा कार्ययोजनाको आधारमा  गाउँपालिकाको सिफारिसमा सहकारीले युवालाई विना धितो ऋण प्रदान गर्ने  सहकारीका अध्यक्ष कृष्णप्रसाद पाठकले बताए ।  सहकारीले युवाहरुको कामको प्रकृती हेरी दुई लाख देखि पाँच लाख रुपैयाँ गाउँपालिकाको जमानीमा  ऋण प्रदान गर्ने छ ।  गाउँपालिकाको सिफारिसमा पाएको ऋणमा ४ प्रतिशत मात्र व्याज लाग्ने छ । सहकारीले ऋणीसँग लिने ९ प्रतिशत व्याजमध्ये ५ प्रतिशत व्याज गाउँपालिकाले व्यहोर्ने  व्यबस्था मिलाइएको छ ।  गाउँपालिकाले सिफारिसमा  विदेशबाट आएका युवालाई प्रदान गरेको ऋणको कार्ययोजना अनुसारको काम भए नभएको  मासिक रुपमा  दुबै पक्षबाट अनुगमन गरिने छ । 
    
गाउँ ठाउँको अर्थतन्त्र बलियो तथा चलायमान बनाउने, स्वेदमै पसिना बगाइ देशलाई आत्मनिर्भर बनाउन यो अभियानमा लागेको सहकारीका अध्यक्ष पाठकले बताए । 'म आफैँ अमेरिका १० वर्ष बसेको हुँ । अहिले गाउँमा फर्किएर खेतबारीमा अदुवा बेसार लगाउने र बंगुरपालनमा लागेकोले कृषकको मर्का बुझेको छु', सहकारीका अध्यक्ष पाठकले बताए । 
    
रम्भा गाउँपालिका भित्र तत्काल अन्य किसिमको रोजगारी नभएकोले कृषि पशुपालनको क्षेत्रमा आफैँ उत्पादन गर्ने र  उद्यमी बन्ने योजना अनुसार यो कार्यक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए । विदेशमा बसेका युवाहरुले स्वदेश फर्किएपछि के कस्तो क्षेत्रमा काम गर्न इच्छुक हो भनी  गाउँपालिकाले अनलाइनमार्फत विवरण संकलन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । अनलाइन विवरणमा अधिकांश युवाहरुले गाउँ फर्किएपछि कृषि पशुपालनमा आधारित व्यवसाय गर्ने आशय राखेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए  । 

गाउँपालिकाले नेपाली र अंग्रेजी दुवै भाषामा रहेको विवरणमा विदेशमा बसेका नेपालीलाई लक्षित गरी  अनलाइन भर्न अनुरोध गरेको हो  । फारममा संकलन विवरण अनुसार विदेशबाट आएका नेपालीलाई कृषि तथा पशुपालनको लागि जग्गा नहुनेलाई जग्गा, आवश्यकता अनुसारको ऋण, र कृषिको लागि मल बिउ अनुदानमा उपलब्ध गराउने नीति लिएको छ । रम्भा गाउँपालिकाबाट ३ हजार ४ सय ३१ जना भारत लगायत तेस्रो मुलकमा रोजगारीको लागि बाहिरिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.