सुदूर बस्तीका एक्लो पसले, जो १४ घण्टा डुंगा चलाएर सामान ल्याउँछन्
अलस्का : अलास्का क्षेत्रको दुर्गम क्षेत्र गुस्ताभसमा एउटा किराना पसल छ ।
अधिकांश गाउँलेहरुले दैनिक उपभोग्य सामग्री तथा अन्य सामग्री खरिद गर्ने मुख्य पसल नै यही हो । यस गाउँमा पुग्न या त हवाइ मार्ग हुँदै जानुपर्छ, या जलमार्ग । कोरोना भाइरसको महामारीका कारण स्थानीयहरु खाद्यान्न तथा अन्य सामग्री संकलन गर्न चाहन्थे । तर बाटोको कठिनाइका कारण हरेक हप्ता सामान खरिद गर्नुपर्ने बाध्यता छ ।
त्यसो त, पसले तोसुआ पार्करले सबै ग्राहकका लागि हरेक साता सामान खरिद गरेर ल्याउँछन् । उनी हरेक साता ५० माइलको कठिन बाटो डुंगामा यात्रा गर्छन् । अर्थात् हरेक साता १४ घण्टाको यात्रा गरेर उनी खाद्यान्न तथा सामग्री पसलका लागि ल्याउँछन् ।
गुस्ताभस 'ग्लेसियर बे नेश्नल पार्क'को सिमानामा पर्ने एक सानो तटीय क्षेत्र हो । जहाँ ४५० मानिस बसोबास गर्छन् । र ती सबैजसो मानिस खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका लागि उनै तोसुआ पार्करको ‘पार्कर स्टोर’मा भर पर्दैआएका छन् ।
‘यस क्षेत्र स्वतन्त्र र आत्मनिर्भर पनि छ । जतिबेला यहाँ समस्या आइपर्छ, कसैको मुख ताक्ने चलन छैन । हामी आफैँ अघि सरेर निकाश निकालछौँ’ पार्करले भने । त्यसो त, पार्करले पनि महामारीका कारण खाद्य संकट हुनसक्ने भएपछि आफैँ खटेर समुदायको खाद्यान्न भर्ने जिम्मा लिएका हुन् ।
उनले मार्चदेखि नै हरेक साता डुंगा चलाएर खाद्यान्न ओसार्न थालेका हुन् । मौसम र समुद्री ज्वारका आधारमा उनी सामान खरिद गर्न जाने तालिका तय गर्छन् । यस्तो कठिन महामारीको अवस्थामा पार्कर आफ्नो समुदायलाई बचाउन आफूले जोखिम मोलेको बताउँछन् ।