धरानको बीपी प्रतिष्ठानको प्रसूति वार्ड पनि 'सिल '

धरानको बीपी प्रतिष्ठानको प्रसूति वार्ड पनि 'सिल '

धरान : थप उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना भएकी सुत्केरीको उपचारमा धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्स  संलग्न भएको पाइएपछि बीपी प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको छ।

जिल्ला अस्पताल धनकुटामा सुत्केरी महिलाको उपचारमा रहेकी नर्समा कोरोना संक्रमण भेटिपछि प्रतिष्ठानको प्रसूति वार्ड सिल गरिएको हो । संक्रमित नर्सले उपचार गरेर निको भएपछि ती महिलामा थप स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएको थियो। सबैको सुरक्षाका लागि प्रसूति वार्ड सिल गरिएको उपकुलपती डा. ज्ञानेन्द्र गिरीले बताएका छन् । 

जिल्ला अस्पताल धनकुटाबाट ती महिलालाई थप उपचारका लागि गत शुक्रबार प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा भर्ना भएका गर्भवती महिला र सुत्केरी महिलाको सुरक्षाका लागि प्रतिष्ठानले उचित व्यवस्थापन गरिसकेको सहायक प्रवक्ता डा .अशोक ऐरले जानकारी दिए।

प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएका सबैको कोरोना भाइरसको संक्रमण परीक्षण गरेपछि मात्र घर पठाइने उनको भनाइ छ ।  धनकुटाबाट थप उपचारका लागि प्रतिष्ठान भर्ना भएकी सुत्केरी महिलालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । ती महिलाको रिपोर्ट आएपछि मात्र नयाँ बिरामी भर्ना गर्ने वा नगर्ने भन्ने विषयमा प्रतिष्ठानले निर्णय लिने बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.