कागेश्वरीले पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाउने

कागेश्वरीले पार्टी प्यालेसलाई क्वारेन्टाइन बनाउने

काठमाडौं : कागेश्‍वरी मनोहरा नगरपालिकाले नगरभित्रका पार्टी प्यालेसलाई क्वारेन्टाइको रुपमा प्रयोग गर्ने भएको छ। नगरपालिकाभित्र एकैपटक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित देखिएमा व्यवस्थापनमा सजिलोका लागि पार्टी प्यालेस क्वारेन्टाइनको रुपमा प्रयोग गरिने नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए।

उनका अनुसार प्यालेस प्रयोग गरेवाफत न्यूनतम भाडा तिर्नुपर्ने र क्वारेन्टाइनमा बस्नेहरुलाई खाना र नास्ताको व्यवस्था पार्टी प्यालेस गर्नुपर्ने सहमति भएको छ। सो को भुक्तानी भने नगरपालिकाले गर्नेछ।

वडा नम्बर ५ मा रहेको ब्यञ्‍जन  पार्टी प्यालेस भने संचालनमा आइसकेको नगरप्रमुख थापाले बताए।

नगरपालिकाभित्र संक्रमित क्षेत्रबाट आउनेको संख्या घटेको छैन।कोरोना संक्रमण जोखिम बढेसँगै नगरपालिकाले परीक्षणको दायरा पनि बढाएको छ। अब केही दिनमै  'एक घर, एक आरडीटी तथा पीसीआर' परीक्षण गर्ने नगरपालिकाको योजना छ।

सोमबार मात्र नगरपालिकाले ४३८ जनाको कोरोना परीक्षण गरेको छ। परीक्षणका क्रममा  २३ जनाको आरडीटी  पोजिटिभ  देखिएको छ। १६७ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ।  नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले परीक्षण गरेको हो।

लकडाउनमा नगरपालिकाभित्र विशेष सेवामा जुटिरहेका १ हजार जनाको कोरोना परीक्षण सुरु गरेको हो। नगरपालिकाका अनुसार नगरपालिकाभित्र सरसफाइ कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी,ट्राफिक प्रहरी,नगर प्रहरी,निर्वाचित प्रतिनिधि,राहत बाँड्न खटिने पार्टी प्रतिनिधि, समाजसेवी, रेडक्रसका सदस्य र विभिन्न संघसंस्थामा आवद्ध कर्मचारीको आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।  

नगरपालिकाको वडा नम्बर २ को आलापोट स्वास्थ्य केन्द्र र ६ को मुलपानी नगर अस्पतालमा कोरोना परीक्षण गरिएको हो। पीसीआर विधिबाट १६९ र आरडीटी विधिबाट २६९ कुल गरी ४३८ जनाको कोरोना परीक्षण गरिएको नगरपालिकाकी उपप्रमुख बिन्दु पुडासैनीले जानकारी दिइन्। उनीहरुको पीसीआर रिपोर्ट बुधबार आउने जनाइएको छ।

यसअघि पनि नगरपालिकाले ९ वटै वडामा कोरोना परीक्षण गरेको थियो। परीक्षणका क्रममा २ जनामा कोरोना परीक्षण पोजिटिभ देखिएको थियो।हालसम्म कागेश्वरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ। दुवैजना कोरोना जितेर फर्किसकेका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएका छन्। २ जनाको भने मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.