जोखिममा सरसफाइ कर्मचारी : सामान्य माक्सको भरमा काम (फोटो फिचर)

जोखिममा सरसफाइ कर्मचारी : सामान्य माक्सको भरमा काम (फोटो फिचर)

पोखरा : कोरोना कहरमा पोखरा महानगरपालिकाको घर-घरै फोहोर संकलन गर्नेदेखि पोखराका मुख्य सडकको सफाइमा खटिएका कर्मचारी सामान्य कपडाको माक्सको भरमा काम गरिरहेका छन् । जोखिम काममा खटिएका सफाइ कर्मचरी सामान्य माक्सको भरमा खटिंदा कोरोना सक्रमण हुने जोखिम बढेको छ । 

पोखराका मुख्य बजार न्यूरोड, सृजनाचोक, पेन्सेन क्याम्प लगायतका क्षेत्रमा स्थानीयले सडकमै फोहोर जथाभावी फ्याँकिदिंदा सफाइ कर्मचारीलाई समस्या भएको उनीहरुले बताएका छन् । सडकमा हिंड्नेलाई समेत जोखिम हुने गरी फोहोर फ्याँकिने गरेको पोखराको न्यूरोडमा काम गर्ने सफाइ कर्मचारीले बताएका छन्  । 

पोखरा महागनरपालिका-६ बैदाममा सफाइ अभियानमा खटिएका २२ वर्षका उज्वल मगर सामान्य कपडाका माक्समा भेटिए । कम्पनीले यही माक्स दिएको उनले सुनाए । गमबुट र पञ्जा लगाएका उनी सामान्य पोशाकमा थिए । महानगरपालिकाका घर-घरमा पुगेर फोहोर संकलन गर्ने सरसफाइ कर्मचारीलाई आवश्यक पिपिइ लगायतका समाग्री उपलब्ध गराउनु पर्नेमा नगरिंदा जोखिममा काम गर्नु परेको उनी बताउँछन् । 

पोखरा महानगरपालिकामा ८२ जना सफाइ कर्मचरी भए पनि कोरोनाका सक्रमण बढेपछि अहिले २५ जना सफाइ र १२ जना ल्याण्डफिल्ड साइडमा फोहोर ब्यवस्थापनमा खटिएको पोखरा महानगरपालिका सफाइ शाखा प्रमुख कल्पना बरालले बताइन् । अन्य कर्मचारी माहानगरकै विभिन्न वडा र महानगरमा खटिएको उनले सुनाइन् । 

निजी कम्पनीका छुट्टै ७० भन्दा बढी कर्मचारी पनि महानगरका विभिन्न वडा र अस्पतालको सफाइमा खटिएको उनले बताइन् । पोखरा महानगरपालिकाका  नागरिकहरुले जथाभावी फोहोर फालिदिंदा पनि सफाइ कर्मचारीलाई समस्या परेको उनले बताइन् । नागरिकले कोरोना संक्रमणको बेलामा अझै सचेत बनेर घरबाटै फोहोरको गाडी आएको संकते दिने गरी हर्न बजाएपछि मात्र ब्यवस्थित गरी फोहोर ल्याउन उनले अनुरोध गरिन् । सफाई कर्मचारीले फोहोर समाउन नै  नपर्ने गरी फोहोर गाडीमा राख्ने कुनै उपाएका बारेमा पनि महानगरपालिकाले योजना बनाइरहेको उनले सुनाइन् । 

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा महानगरपालिकाका कर्मचारीलाई महानगरपालिकाले आवश्यक माक्स, पञ्जा, गमबुट, रेनकोट लगायतका सामाग्री उपलब्ध गराएको  सुनाए । महागनरपालिकाका कर्मचारीबाहेक फोहोर मैला ब्यवस्थापनका लागि ७ साझेदारी निजी कम्पनी पनि रहेको र सबैलाई सफाइमा खटिने कर्मचारीलाई आवश्यक सामाग्री उपलब्ध गराउन भनेको उनले सुनाए । आवश्यक सुरक्षा समाग्री दिएर मात्र काम गराउने भनेका उनले बताए । होइन भने कर्मचारीलाई जोखिममा पर्ने गरी काम नगराऔं भनेर पटक-पटक निजी कम्पनीलाई भनेको मेयर जिसीले बताए । 

सफाइ कर्मचारीलाई भएको सुरक्षा समाग्री पनि लगाउन सिकाउनु पर्ने अवस्था देखिएको महानगरपालिकाका कर्मचारीले बताएका छन् । यसै क्रममा पछिल्ला समयमा विरगञ्ज महानगरपालिकाका एक जना सरसफाइ कर्मचारीमा कोरोना सक्रमण देखिएको छ । यसैले सफाइ कर्मचारी जोखिममा छन् ।

तीन सफाइ कर्मचारीमा कोरोना रिपोर्ट नेगेटिभ 

पोखरा महानगरपालिकाको सरसफाइ शाखामा कार्यरत तीन जना कर्मचारीमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपोर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । 

पोखरामा बुधवार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शंकाको आधारमा जाँच गरिएकामध्ये एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.