लकडाउनमा पोखराका दुई युवकलाई साथीले खेतबारीमा गाडेपछि‍‍

लकडाउनमा पोखराका दुई युवकलाई साथीले खेतबारीमा गाडेपछि‍‍

पोखरा : जेठ २ गते पोखरा २६ सुन्दरीबजारका सुजन विक हराए । ५ गतेमात्रै उनी हराएको खबर प्रहरीले पायो । खोज गरेर १० जनालाई पक्रेर सोधपुछ ग¥यो । केही सूत्र भेटेपछि सबैलाई छाड्यो । छाडिएकालाई प्रहरीलाई फलो गरिरहेकै थियो । तिनीहरुमध्ये नै शंकाको घेरामा परेकाले नै ६ गते सुजनको शव देखाइदिए । 

शव पनि फेला प¥यो र हत्याको पोल पनि खुल्यो । प्रहरीले सुजन हत्या आरोपमा उनकै साथीहरु प्रकाश घर्तीमगर र थमन पुनमगरलाई पक्राउ ग¥यो । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार घर्ती र पुनले घटनाको नालीबेली खोलिसकेका छन् । उनीहरुकै भनाइमा सुजनसहित ५ जना प्रकाश र थमन बस्ने डेरामा बसेर मदिरापान गरेका थिए । 

मदिरापानकै सिलसिलामा भनाभन हुँदा प्रकाश र थमनले मुक्का र ढुंगाले हिर्काएर सुजन मारिएको बयान उनीहरुबाट प्रहरीले पाएको एसपी कार्की सुनाउँछन् । ‘मारेर पर्खाल लगाएको खेतमा फालेका रहेछन्, सुजनकी आमाले छोरा खोई भनेर आएपछि त्यसै राति फेरि दाउराले खनेर गाडेछन्’, कार्कीले भने । 

२१ वर्षे पुन र २३ वर्षे घर्ती प्युठानको गौमुखी गाउँपालिकाका हुन् । उनीहरु पोखरा २६ मा मजदुरी गर्छन् । साथी मारेर ठेकेदारसँग पैसा मागेर घर जान खोजेका रहेछन्, ठेकेदारले पैसा नदिएकाले त्यत्तिकै बसेछन्’, कार्कीले सुनाए, ‘सोधपुछ गर्दै जाँदा छोडिदिन्छौं भनेपछि उनीहरुले नै शव भएको ठाउँ देखाइदिए, घटना पनि खुलाए ।’ 

मदिराको नसामा लठ्ठिएपछि सुजनले आफूलाई गाली गरेको प्रकाश र थमनले प्रहरीलाई बताएका छन् । ‘नबोल भन्दा पनि बोलिरहेपछि पहिला थमनले सुजनलाई मुक्का हाने, सुजन थचक्क बसे, त्यसपछि पनि सुजन बोलिरहे, अनि प्रकाशले ढुंगाले टाउकामा हाने,’ एसपी कार्कीले घटना विवरण सुनाए, ‘मरेपछि खेतको पर्खालभित्र धकेलेर छाडे, पछि फेरि राति गएर शव नालीमा हालेर माटोले पुरे ।’ मृत्यु भएका सुजनको स्थायी घर कास्कीको मादी ११ गाउँपालिका हो । उनी पनि सुन्दरीबजारमा डेरामै बस्थे । 

यसै साता अर्का एक युवाको शव पनि बारीमा गाडिएको अवस्थामा कास्की प्रहरीले फेला पारेको थियो। पोखरा १४ मसिनतराका २२ वर्षे विमल रानाभाट आफ्नै साथी २१ वर्षे ज्ञानबहादुर परियारबाट मारिएको तथ्य प्रहरीले सार्वजनिक गरेको  छ । ज्ञानबहादुरले विमललाई आफ्नै घरमा घनले हिर्काएर मारेको प्रहरीसँग स्वीकारेका छन् । 

रानाभाट एक महिनाअघिदेखि सम्पर्कविहीन थिए । उनी मारिएको गाइँगुइँ गाउँठाउँ हुँदै प्रहरीमा पुगेपछि खोजी सुरु भएको थियो । ज्ञानबहादुरकहाँ आउजाउ गरिरहने विमललाई साथी ज्ञानबहादुरले व्यक्तिगत शंकाको भरमा मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

जबर्जस्ती करणी मुद्दामा फरार शेरबहादुर राना मगरलाई पनि हालै पक्राउ गरेको समेत कास्की प्रहरी प्रमुख एसपी कार्कीले बिहीबार जानकारी दिए । उनकै भनाइमा जिल्ला अदालतबाट १० वर्ष कैद र पीडितलाई ५ हजार क्षतिपूर्ति तिराउने फैसला भएपछि फरार राना फरार थिए । ०७६ वैशाख १६ गते कास्की जिल्ला अदालतले त्यस्तो फैसला रानाविरुद्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.