सामाजिक दूरी कायम गर्दै यसरी सुरु हुँदैछ गण्डकी प्रदेशको बर्खे अधिवेसन

सामाजिक दूरी कायम गर्दै यसरी सुरु हुँदैछ गण्डकी प्रदेशको बर्खे अधिवेसन

पोखरा : कोरोना कहरबीच गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आइतबारबाट सुरु हुँदै छ । प्रदेश मन्त्रिपरिषदको एक हप्ता अघिको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णण गरेको थियो । 

अहिलेको पोखराको नदिपुरस्थित गण्डकी प्रदेश सभा हलमा सामाजिक दूरी कायम गर्न नसकिने भएपछि पोखराको न्यूरोड स्थित १५ सय सिट क्षमताको पोखरा सभागृहमा बर्खे अधिवेश गर्ने गरी तयारी गरिएको हो । 

सभागृहको भाँचिएका कुर्सीको मर्मत, रंगरोगन, लगायत सभा बस्नका लागि गण्डकी प्रदेश सरकारको लगानीमा आवश्यक पूर्वाधार तयारी युद्धस्थरमा भएर तयारी अवस्थामा पुगेको छ । आइतबार बिहान १० बजे सम्म पनि मजदुर रंगरोगन गर्न व्यस्त थिए ।

अहिलेको पोखराको नदिपुरस्थित गण्डकी प्रदेश सभा हलमा सामाजिक दूरी कायम गर्न नसकिने भएपछि २२ देखि २५ लाखको लागतमा पोखरा सभागृह मर्मत सम्भार र रंगरोगन गरिएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.