विवादपछि माफी मागिन् वर्षाले

विवादपछि माफी मागिन् वर्षाले

काठमाडौं : नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको विषयमा विचार नपु¥याई बोल्दा अभिनेत्री वर्षा राउत नराम्रोसँग विवादमा तानिएकी छन् । सम्पूर्ण नेपालीले अतिक्रमणको विरोध गरिरहेका बेला उनले एउटा भिडियो अन्तर्वार्तामा आफ्ना भारतीय साथी रिसाउँछन् भन्दै त्यो विषयमा मिडियाले बोल्नु नहुने अभिव्यक्ति दिएकी थिइन् ।

भिडियोमा उनले भनेकी छन्, ‘देशको माया लाग्छ भन्दैमा तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि त । यो त टेबुल टक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो नि त । यहाँ त झगडा पारिरहेका छन् क्या दुईटै जर्नालिस्ट मेलर । दुवैजनाको जर्नालिस्ट मिलेर झगडा बनाइरहेका छन् क्या । अब मेरो इन्डियन फ्रेन्डसँग म कसरी फेस गर्ने अनि इन्डियन फ्रेन्डले मसँग कसरी फेस गर्ने भैराछ क्या अहिलेको सिचुएसन चैं ।’

लकडाउनको बेला घरमा बसेकी अभिनेत्री वर्षाले दुई देशका मिडियाका कारण आफूलाई भारतीय साथीसँग मुख देखाउन गाह्रो भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले यो विषयमा मिडियाले तर्क वितर्क गर्नु नहुने र सरकारले मात्र टेबुलटक गर्नु पर्ने धारणा राखेकी छन् ।

मुलुकको भूमि खेसिनुभन्दा उनलाई भारतीय साथी रिसाउने चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा निकै विरोध भएपछि आत्मआलोचना गर्दै उनले फेसबुकमार्फत माफी मागेकी छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता यतिसम्म आक्रोशित भए कि भारतलाई लिपुलेक फिर्ता दिएर वर्षालाई भारत लैजान भनिरहेका छन् । मनीषा कोइरालाको पक्षमा स्टाटस लेख्दा उनका भारतीय साथी किन रिसाएनन् भन्ने प्रश्न पनि दर्शकले गरेका छन् ।

आलोचित भएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाटै स्पष्टीकरण दिएकी छन् । उनको स्पष्टीकरण छ, ‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्ता लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन ।’

आफू नेपाली भएकोमा गर्व गर्दै वर्षाले लेखेकी छन्, ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ । दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नुपर्ने हुन्छ । हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक छ ।’

उनले यस्तो समयमा केही भड्काउ व्यक्तिहरूले आक्रामण गर्न सक्ने भन्दै सचेत पनि गराएकी छन् ।

वर्षालाई ढाडस दिँदै उनका सहकर्मी केही कलाकारहरूले उनको आत्मआलोचनाको विषयमा स्टाटस लेखेका छन् । अभिनेता दीपकराज गिरी लेख्छन्, ‘राष्ट्रियताको विषय एकदमै संवेदनशील विषय हो । यस्तो विषयमा टिप्पणी गर्दा सचेत हुनुपर्छ । पूरै भिडियो हेर्दा तिम्रो नियत खराब देखिन्न तर शब्द चयनमा त्रुटि भएकै हो तर यो आत्म आलोचनाले सबै कुरा ठीक गरिदिन्छ किनकि गल्ती मानिसबाटै हुन्छ । तिम्रो राष्ट्रप्रेमको भावनाप्रति शंका छैन जवाफ शैली अपरिपक्व भएको हो । यसलाई भुलौं अगाडि बढौं । जय मातृभूमि नेपाल ।’ वर्षालाई नायिका पूजा शर्मालगायतले पनि ढाडस दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.