लकडाउनमा सेती नदीमा मजदुरको दैनिकी (फोटो फिचर)
पोखरा : कोभिड-१९ (कोरोना भाइरस) नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन गरेपछि सेती नदीबाट गिटी, बालुवा र ढुंगा निकालेर दुखजीलो गरेर जीवन चलाउनेहरुका लागि थप दुःख थपियो । लकडाउनको कारण दैनिकी कोठामा कैद भएपछि खानकै समस्या भोग्नु परेपछि राहातको आशामा बस्नुपर्ने अवस्था आएको दाङ घर भइ पोखरा बस्दै आएका भुम बोहोराले सुनाए ।
राहातले दुई चार दिन चल्यो । लकडाउनको कारण घर जान पनि नपाएपछि राहातमा दिएको केही खाद्यान्नले के धान्नु । सकिएपछि फेरि उस्तै अवस्था आएको सेतीमा काम गरेर गुजरा चलाउँदै आएका प्युठान घर भई पोखरामा बस्दै आएका हरि मगरले बताए ।
_20200528074857.jpg)
सुत्केरी श्रीमतीलाई झन पोषिलो खाना खानुपर्ने अवस्थामा हातमुख जोड्नै मुस्किल भएको उनले सुनाए । लकडाउन केही खुकुलो भएपछि १ महिना ११ दिन पछि पूर्न हातमुख जोड्न केही रकम जम्मा गर्न पोखरा १० रामघाटस्थित सेती नदीमा गिटीबालुवा चाल्ने र उठाउने काममा लागेको उनले बताए ।
राहातमा पाएको आधा बोरा चामल, दाललगायतका खाद्यसामाग्रीले नधाने पछि लकडाउनको बेलामा पनि जोखिमका बीच सेती नदीमै बालुवा र गिटी बोक्न थालेको पर्वत घर भइ पोखरा बस्दै आएका ४१वर्षीय मीनबहादुर परियारले सुनाए ।
यति बेला सेतीमा उनीजस्तै २ सय बढी मजदुर बालुवा, गिटी, ढुंगा झिक्दै आएका छन् । त्यही रकमले दैनिकी चलाउन लागि परेका छन् । सामान्य अवस्थामा पोखराको मध्यभाग भएर गहिरिएर बग्ने सेतीको रामघाट खण्डमा ६ ÷ ७ सय जना काममा व्यस्त देखिन्छन्।
_20200528074857.jpg)
केही मजदुर लकडाउन खुकुलो भएपछि घर फर्किएको उनले सुनाए । यसरी बोकेर खोलाबाट माथि लगेको एक बोरा बालुवा, गिटीको २५ रुपैयाँ पाइने उनले सुनाए । कसैले टिपको हिसाबले पनि गिटी बालुवा बोक्ने गरेको उनले बताए । टिप पुर्याउन ४० देखि ४५ बोरा बालुवा बोक्नुपर्ने पूर्ण मगरले सुनाए ।
यसरी बोक्दा कति टाढाबाट बोकेको हेरी एक टिपको १२ सय देखि १४ सय रुपौयाँसम्म मिल्ने उनले बताए । पोखराको रामघाट खुला गरिएका पोखरा महानगरपालिकाका घाट मध्ये सबैभन्दा ठूलो आम्दानी हुने सेती घाट हो । यस घाटबाट गिटीबालुवा निकालेर धेरै मजदुरले गुजारा चलाउँदै आएका छन् ।
_20200528074857.jpg)
_20200528074856.jpg)
_20200528074856.jpg)
_20200528074856.jpg)
_20200528074856.jpg)
_20200528074856.jpg)
_20200528074856.jpg)
प्रतिक्रिया दिनुहोस !