किट नभएपछि रोकियो परीक्षण

किट नभएपछि रोकियो परीक्षण

तानसेन : कोरोना परीक्षण गर्न किट अभाव भएको छ। किट नहुँदा नेपाल भारत सीमा नाकाबाट पाल्पा प्रवेश गरेका सयौं व्यक्ति परीक्षण बिना गाउँ गाउँका क्वारेन्टाइनमा पुगेका छन।

सीमाबाट आएका पाल्पालीको दिनहुँ स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन तथा आरडीटी हुँदै आएको थियो। केन्द्र र प्रदेश सरकारले पठाएका परीक्षण किट सकिएपछि कोरोना संक्रमणको त्रास बढेको छ। किट एकहप्तामै सकिएपछि भारतबाट आएकालाई परीक्षण विना क्वारेन्टाइनमा पठाईएको हो। आपतकालीन परीक्षणका लागि मात्र किट बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

परीक्षण बिना नै घर जादा जोखिम बढेको रैनादेवी छहरा गाउँपालिका ३ का डम्वर थापाले बताए। सीमाबाट आएकाहरुको केही दिनसम्म नियमित रुपमा परीक्षण भएको बताउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले भने, ‘किट अभाव भएकोबारे केन्द्र तथा प्रदेश सरकारलाई जानकारी गराएका छौ। आएपछि पालिकाहरुको क्वारेन्टाइनमा पुगेर स्वाब संकलन गरिनेछ।’

जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले किट अभावमा नियमित स्वाब संकलन र आरडीटी परीक्षण रोकिएको जनाएको छ। अबका कोरोना संक्रमणको लक्षण देखिएका बाहेक अन्य व्यक्तिको स्वाब परीक्षण नगरिने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। अस्पतालमा आएका बिरामीको लक्षणको आधारमा, संक्रमित व्यक्तिको रिपोर्ट नेगेटिभ नआएसम्म र संक्रमितको कन्ट्रयाक ट्रेसिङ्गका व्यक्तिहरुको मात्र स्वाब परीक्षण गर्न प्रदेश सरकारबाट निर्देशन आएको उनले जानकारी दिए।

सीमा नाकाबाट केही दिन अघि ६ सय ६४ जना पाल्पा आएकामा २ सय जनाको परीक्षणका लागि मात्रै स्वाब संकलन गरिएको थियो। हालसम्म २ सय ६८ जनामा पीसीआर र ६ सय बढीमा आरडीटी परीक्षण भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.