गण्डकीका सबै पुलमा निगरानी

गण्डकीका सबै पुलमा निगरानी

गोरखा : गोरखाको गण्डकी गाउँपालिकाभित्र प्रवेश गर्ने सबै पुलमा निगरानी टोली खटाइएको छ। कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिका भित्रिने त्रिशूली र बूढीगण्डकी नदीका १४ ठाउँमा तीन जनाका दरले टोली परिचालन गरेको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए।

एकजना जनप्रतिनिधि, स्वास्थ्यकर्मी र शिक्षक खटाइएको उनको भनाइ छ। ‘गत सोमबारदेखि टोली खटाएका हौं’, अध्यक्ष रानाले भने, ‘टोली बिहान छ बजेदेखि साँझ छ बजेसम्म खटिनेछन्। उनीहरुले को को गाउँपालिकामा प्रवेश गरे, कहाँबाट आए, किन आए, कहाँ जान्छन् ? उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ ? भनेर विस्तृत विवरण संकलन गर्नेछन्।’ संक्रमण फैलन नदिन विभिन्न सचेतनामुलक जानकारी गराउने उनले बताए। 

वडा नम्बर १ को बुटार, २ को गोर्दी, ३ को भैसीगौडा र ४ को फुजेलस्थित झोलुङ्गे पुलमा टोली परिचालन गरिएको छ। त्यस्तै वडा नम्बर ५ को दर्वुङघाट तथा ६ को फिस्लिङ, हिक्लुङ र कौदीखोलामा रहेको पुलमा पनि टोली खटाइएको रानाले जानकारी दिए। त्यस्तै वडा नम्बर ७ को इटार, ज्यामिरेघाट, धवादीघाट र अमटे, वडा नम्बर ८ को चरौदी, चाइनाघाट र सिउरेनीटारको बाँदरेमा गरी १४ ठाउँमा टोली सक्रिय भएको उनको भनाइ छ।

गाउँपालिकामा समन्वय नगरी घर आउने र लुकेर बस्ने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्न टोली परिचालन गरेको अध्यक्ष रानाले बताए। गण्डकी गाउँपालिकाको सीमानामा चितवनको इच्छाकामना गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र ज्वालामुखी र गोरखाको शहीद लखन गाउँपालिका रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.