पाल्पामा रोकियो स्वाब संकलन

पाल्पामा रोकियो स्वाब संकलन

तानसेन  : हालै सीमा नाकाबाट पाल्पा भित्रिएका सबै नागरिकको कोरोना परीक्षणको नमुना संकलन  रोकिएको छ ।  देशव्यापी रुपमा भारतीय सीमा नाकाबाट भित्रिएका व्यक्तिमा कोरोना सक्रमण देखिइरहेको समयमा पाल्पामा भने किट अभावको कारण परीक्षण गर्न छोडिएको हो ।  

प्रदेश सरकारले नै लक्षण देखिएका व्यक्तिको मात्र नमुना परीक्षण गर्न अनुरोध गरेपछि भारतबाट जिल्ला भित्रिएका नागरिकको परिक्षण रोकिएको हो । अहिले पाल्पा आइरहेका सयौं नागरिक विनापरीक्षण गाउँ गाउँको क्वारेन्टाइनमा पठाइएको छ । शनिबारसम्म पाल्पामा १ हजार ४४ जना भारतीय नाकाबाट प्रवेश गरेकोमा २ सय ३५ जनाको मात्र स्वाब संकलन गरिएको र ८ सय ९ जना विनापरीक्षण क्वारेन्टाइनमा पठाइएको हो  । 
    

जिल्ला स्तरीय समितिले भारतबाट आएका व्यक्तिको अनिवार्य पिसिआर किटमार्फत स्वाब संकलन गरेको तर प्रदेश र केन्द्र सरकारबाट प्राप्त भएको किट सकिएपछि रोकिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । अहिले प्रदेश सरकारबाटै भारतबाट आएका सबै व्यक्तिको परीक्षण नगरी सक्रमणको लक्षण देखिएका व्यक्तिको मात्र परीक्षणको लागी स्वाब संकलन गर्न आदेश दिएको  प्रजिअ सुवेदीले बताए । 
    
प्रदेश सरकारले  अस्पातालमा आएका शंकास्पद बिरामी, क्वारेन्टाइनमा बसी सक्रमणको लक्षण देखिएका र सक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङ्गको सुचीमा परेका व्यक्तिको मात्र स्वाब संकलन गरी पठाउने निर्देशन अनुसार काम भएको प्रजिअ सुवेदीले बताए । 
    
भारतबाट आएका सबै  नागरिकको अनिवार्य परीक्षण नहुने भएपछि क्वारेन्टाइन क्षेत्र वरपर र परिवारसम्म त्रास बढेको छ ।  शंकास्पद व्यक्तिको परीक्षण नगर्दा समुदायमा भयावह स्थिति आउन सक्ने पालिकाका अध्यक्षहरूले चिन्ता व्यक्त गरेका छन् । पाल्पामा हालसम्म्म २७१  स्वाब परीक्षणका लागि पठाए पनि  १६० वटा परीक्षण भएको र १११ वटा रिपोट आउन बाँकी रहेको छ । 

अत्याश्यक व्यक्तिको लागि केही मात्रामा पिसिआर किट रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पिसिआर किट प्रदेश तथा केन्द्र सरकारसँग माग गरिरहेको कार्यालयले जनाएको छ ।  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, दैनिक कामकाजामा खटिएका कर्मचारी र पत्रकारहरुको पिसिआर परिक्षण हुन सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.