पाल्पामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

पाल्पामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

तानसेन : पाल्पामा आइसोलेसनमा रहेका एकजना पुरुषको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका  १ सिलुवाका ४६ वर्षीय रामबहादुर दिशा हुन् ।

उनको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाब परीक्षणको रिर्पोट नआएकाले मृत्युको कारण एकिन भएको छैन।

मृतक दिशा मगरमा श्वासप्रश्वासम्बन्धी समस्या र सुख्खा खोकी लाग्ने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको मिसन अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । 

मृतक दिशा मगर पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई २ जल्पाको शम्भु मावीको क्वारेन्टाइनमा बस्दै आएका थिए । दिशाको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि सोमबार मात्र  मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । 

भारतको मुम्बईबाट गाउँ आएका दिशा १८ गते क्वारेन्टाइनमा पुगेका थिए । मृतक दिशा मगरको सोमबार नै स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्युपछि पनि पुन स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

पाल्पामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । पाल्पामा रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण देखिएको हो ।

माथागढीका कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङ गरी २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइसकेको छ। मृतक दिशालाई कोरोना संक्रमणको लक्षण देखिएपछि मिसन अस्पतालमा पठाएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.