गोरखामा मोटरसाइकल मिस्त्रीमा कोरोना संक्रमण पुष्टि
गोरखा : गोरखाको गण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएका एकयुवा मोटरसाइकल बनाउँदै हिड्ने मिस्त्री भएको खुलेको छ । काभ्रे घर भएका हाल गण्डकी ८ सिउरेनीटारमा डेरा गरी बस्ने २५ वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो ।
दुईहप्तासम्म घर छोडेर हिँडेका उनी फर्केर आएपछि स्थानीयबासीले ज्ञानमार्ग माविको क्वारेण्टाइनमा राखेको वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए । उनीसँगै बस्ने काभ्रे घर भएका अर्का युवा पनि सोही क्वारेण्टाइनमा छन् ।
तर एकजनामा मात्र कोरोना संक्रमण देखिएको रेग्मीले बताए । सो क्वारेण्टाइनमा अहिलेसम्म जम्मा दुईजना मात्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !