बुटवलमा ९ जना संक्रमितले जिते कोरोना

बुटवलमा ९ जना संक्रमितले जिते कोरोना

रुपन्देही : बुटवलको एन्फा टेक्निकल सेन्टरमा रहेको आइसोलेसनबाट आइतबार ९ जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ जना र रुपन्देहीका १ जना रहेका छन् । डिस्चार्ज हुनेमा ८ वर्षीय बालिका र कपिलवस्तुका वडाध्यक्ष समेत छन् । 

कोरोना संक्रमण देखिएपछि उनीहरु जेठ ११ गते एन्फाको आइसोलेसनमा भर्ना भएका थिए । १४ दिन आइसोलेसनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिए पछि डिस्चार्ज गरिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए । 

'९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,' उनले भने । आइसोलेन कक्षमा अब ३२ जना संक्रमित छन् ।  उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि संक्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ ।

सम्भवत सोमबार स्वाब संकलन गरेर पठाउने गरी तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । कोरोना संक्रमण निको भएर डिस्चार्ज भएकालाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले विदाइ गर्दै कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गरे । ' स्वनियमका लागि अपनाइएका व्यायाम र सन्तुलित आहारविहार शैलीले कोरोनालाई जित्न सकिँदो रहेछ । यो कुरा आज तपाईहरुले प्रमाणित गर्नुभएको छ, 'उनले डिस्चार्ज भएकालाई भने, 'अब कोरोना विरुद्धको अभियानको तपाई सफल सेना बन्नु भएको छ।'

स्थानीय तथा राष्ट्रिय खेलकुद हुने एन्फा एकेडेमी परिषरमा अहिलो ४१ सैयाको आइसोलेसन कक्ष बनाइएको छ । यसको सञ्चालन बुटवल उपमहानगरपालिकाले गरेको छ ।  फुटबल मैदानसहितको ठाउँ भएकाले यहाँको वातावरण खुल्ला छ । आइसोलेसन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेकजाँच गर्नुका साथै नियमित रुपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेसन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले बताए  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.